कैलाशै पर्वतको फेदीमा छन् नि
हिँडेर बराबर मेरा बाबा हिँडेर बराबर।
सरोवरको जलभरि बाहिरै बसी
स्नान गरेर मेरा बाबा स्नान गरेर।
भगवान् शिवको नि जयजयकार गर्दै
गणेश पाउ परेर मेरा बाबा गणेश पाउ परेर।
नन्दी र पहाड अगाडि बढ्दै
चरणको दर्शन मेरा बाबा चरणको दर्शन।
ती भोलेबाबाले तपस्या गर्ने
ठाउँ हेरी फर्कन मेरा बाबा ठाउँ हेरी फर्कन।
एकै र पटक पाइला नि टेके
मुक्ति है मिल्ने छ मेरा बाबा मुक्ति है मिल्नेछ।
शरीरमा भएका पाप र दोष
ती सबै बिल्नेछन् मेरा बाबा ती सबै बिल्नेछन्।
प्रतिक्रिया दिनुहोस !