काठमाडौं : नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह केही समयपश्चात सुरु हुँदैछ। उद्घाटन सत्र भक्तपुरको सल्लाघारीमा र बन्दसत्र भृकुटीमण्डपमा हुँदैछ।
आज देशभरबाट प्रतिनिधि र नेता-कार्यकर्ता धमाधम काठमाडौं आइरहेका छन्। भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा मध्यान्हमा हुने उद्घाटन समारोहमा विभिन्न १६ वटा राजनीतिक दल र ६ वटा सामाजिक संघ/संस्थालाई बोलाइएको छ ।
महाधिवेशन उद्घाटन समारोहस्थल भक्तपुरको सल्लाघारी सहभागीहरूले भरिन थालेको छ। उदघाटन समारोहस्थलमा प्रवेश गर्नुअघि कडा सुरक्षा जाँच गरिएको छ ।
११ औं महाधिवेशनमा २ हजार २६२ प्रतिनिधि हुनेछन्। वैधानिक व्यवस्था बमोजिम ५ प्रतिशत मनोनयन गर्न पाउने भएकाले १०८ जना मनोनीत हुनेछन्। यससँगै ३०९ जना केन्द्रीय सल्लाहकार समेत गरी कुल प्रतिनिधि सहभागी संख्या २ हजार ५ सय ७१ हुनेछ।










तस्बिर : अभिषेक महर्जन
प्रतिक्रिया दिनुहोस !