एमालेको राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह (Live)
काठमाडौं : नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह सुरु भएको छ। भक्तपुरको सल्लाघारीमा महाधिवेशनको उद्घाटन समारोहको आयोजना गरिएको हो।
महाधिवेशन स्थलमा विभिन्न स्थानबाट झाँकीसहित र्यालीको आयोजना भएको थियो। आज देशभरबाट प्रतिनिधि र नेता-कार्यकर्ता धमाधम काठमाडौं आइरहेका छन्। भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा मध्यान्हमा हुने उद्घाटन समारोहमा विभिन्न १६ वटा राजनीतिक दल र ६ वटा सामाजिक संघ/संस्थालाई बोलाइएको छ ।
महाधिवेशन उद्घाटन समारोहस्थल भक्तपुरको सल्लाघारी सहभागीहरूले भरिन थालेको छ। उदघाटन समारोहस्थलमा प्रवेश गर्नुअघि कडा सुरक्षा जाँच गरिएको छ ।
प्रतिक्रिया दिनुहोस !