election background

प्रतिनिधि सभा निर्वाचन २०८२

मेस्सीलाई हेर्न आएका फ्यानले कोलकाता रंगशालामा गरे तोडफोड, लगाए यी आरोप

मेस्सीलाई हेर्न आएका फ्यानले कोलकाता रंगशालामा गरे तोडफोड, लगाए यी आरोप

काठमाडौं : फुटबल स्टार लियोनेल मेस्सी शनिबार ग्रेटेस्ट अफ अल टाइम (जीओएटी) भ्रमणमा कोलकाता आइपुगेका छन्। यहाँ उनले साल्ट लेक स्टेडियममा आयोजित कार्यक्रममा भाग लिए।

मेस्सी गएपछि उनको एक झलक हेर्न रंगशालामा भेला भएका फ्यान आक्रोशित भए। फ्यानहरूले  आफूहरू मेस्सीलाई हेर्न आएका तर खराब व्यवस्थाका कारण उनलाई हेर्न नसकेको आरोप लगाए।

फ्यानहरूले कुर्सी र बोतल फ्याँकेर रंगशालामा तोडफोड गरेको तस्बिरहरू बाहिर आएका छन् । फ्यानहरूले खराब व्यवस्थालाई दोष दिए र फिर्ताको माग गरे।

एक प्रशंसकले कार्यक्रमको सबैभन्दा सस्तो टिकट भारतीय ५,००० रुपैयाँ रहेको तर उनलाई देख्न पनि नपाएको आरोप लगाए।  प्रशंसकहरूले प्रहरीले कारबाही गरेको आरोप लगाए भने टिकटको रुपैयाँ फिर्ताको माग गरे।

अर्का एक फ्यानले पनि पैसा फिर्ता माग गर्दै सबैले मेस्सीलाई हेर्न चाहेको तर आफू ठगिएको बताए। उनीहरूले मन्त्रीहरू आफ्ना बच्चासँग उपस्थित थिए भने साधारण मानिसहरूले केही देख्न नपाएको आरोप लगाए।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.