सरकारले निर्वाचन गराउँछु भन्छ तर तयारी कतै देखिँदैन : ओली

सरकारले निर्वाचन गराउँछु भन्छ तर तयारी कतै देखिँदैन : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले फागुन २१ गते निर्वाचन गराउँछु भने पनि त्यसको तयारी कतै नदेखिएको बताएका छन्। एमालेको ११औं महाधिवेशनको उद्‍घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेताहरूलाई निषेधज्ञा गरेर निर्वाचन हुन नसक्ने बताए।

उनले भदौ २३ र २४ गते जेनजी आन्दोलनको नाममा सरकार परिवर्तन गरिएको र नेपाली एकतामा ठूलो खलल पुर्‍याएको आरोप लगाए। 'जेनजी आन्दोलनको नाममा सरकार परिवर्तनमात्र गरिएको थिएन। नेपाली एकतालाई खलल पार्ने ठूलो दुर्घटना घटाइएको थियो। देशलाई उल्टो दिशामा लगिएको थियो,' उनले भने।

संविधान विपरीत सरकार गठन गरेको आरोप लगाउँदै अध्यक्ष ओलीले एमालेले प्रतिनिधिसभा पुनर्स्थाना चाहेको बताए। 'प्रतिनिधिसभा तुरुन्त पुनर्स्थापना होस्। देश लोकतन्त्रको बाटोमा हिंडोस्। सरकारले फागुन २१ चुनाव गराउँदैछ भन्छ, तर चुनावको तयारी कतै देखिँदैन। संवादको सट्टा घृणा, मिडिया ट्रायल र षड्यन्त्र भइरहेको छ। बहसको सट्टा नेताहरूलाई मुद्दा, निषेधज्ञा, स्थान हद र पासपोर्ट रद्द गरिएको छ। यही हो निर्वाचनको तयारी?,' उनले प्रश्न गरे।

उनले चुनावको नाममा देशलाई अलमल्याउने काम भइरहेको बताए। अध्यक्ष ओलीले अन्य दलका नेताहरूलाई देशमा संकट रहेको भन्दै सहकार्यमा आउन आह्वान गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.