सुदूरपश्चिमले जित्यो टस, लुम्बिनीलाई दियो बलिङको निम्तो
मंसिर २७, २०८२ शनिबार १५:१८:११
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ।
त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले लुम्बिनी लायन्सलाई बलिङको निम्तो दिएका छन्।