पावरप्लेमा सुदूरपश्चिमको खराब सुरुवात

पावरप्लेमा सुदूरपश्चिमको खराब सुरुवात

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको फाइनल खेलको पावरप्लेम लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सले खराब सुरुवात गरेको छ। 

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले पावरप्लेमा ३ विकेट गुमाउँदै २० रन बनाएको हो। 

पहिलो ओभरको अन्तिम बलमा सुदूरपश्चिम रोयल्सले पहिलो विकेट गुमायो। पहिलो विकेटको रूपमा विनोद भण्डारी डकआउट भए। सेल्डन ज्याक्सन १ र आरिफ शेख ६ रनमा पेभेलियन फर्किए। 

६ ओभरको खेल सकिँदा ओपनिङमा आएका इशान पाण्डे ११ र दीपेन्द्र सिंह ऐरी शून्यमा अविजित रहेका छन्। 

लुम्बिनी लायन्सका लागि रुबेन ट्रम्पलमेनले २ र शेर मल्लले १ विकेट लिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.