रोहितको ह्याट्रिकमा सस्तैमा समेटियो सुदूरपश्चिम, उपाधिका लागि लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य

रोहितको ह्याट्रिकमा सस्तैमा समेटियो सुदूरपश्चिम, उपाधिका लागि लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको सामान्य विजयी लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स लुम्बिनीको उत्कृष्ट बलिङमा सस्तैमा समेटिएको हो। 

सुदूरपश्चिम रोयल्स १९.१ ओभरमा ८५ रनमा अलआउट भयो। सुदूरपश्चिम रोयल्सका लागि ओपनर ब्याटर इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए । उनले ५१ बलमा १ चौका प्रहार गरे। 

ओपनर विनोद भण्डारी डकआउट हुँदा सेल्डन ज्यान्क्सनले १ रन बनाउँदै ट्रम्पलमेनको हातबाट एलबीडब्ल्यू भए। आरिफ शेखले ६ रन बनाए। 

कप्तान दिपेन्द्र सिंह ऐरी १३ रनमा क्याच भए। उनलाई लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले रुबेन ट्रम्पलमेनको हातमा क्याच गराए। १०.५ ओभरमा दिपक बोहरा र १०.६ ओभरमा पुनित मेहरालाई डक बनाउँदै रोहितले व्यक्तिगत ह्याट्रिक पूरा गरे। यो एनपीएलको समग्रमा दोस्रो ह्याट्रिक हो। यसअघि यही सिजनमा काठमान्डु गोर्खाजका स्पिनर साहब आलमले पोखरा एभेन्जर्सविरुद्ध ह्याट्रिक सहित ६ विकेट लिएका थिए। 

हर्मित सिंह र स्कट केगुइलिनले समान १०÷१० रन बनाए। अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। 
हेमन्त धामी ७ रनमा अविजित रहे। अभिनास बोहोरा १ रनमा अन्तिम विकेटको रूपमा क्याच भए। 

लुम्बिनी लायन्सको बलिङमा कप्तान रोहित पौडेल, रुबेन ट्रम्पलमेन र शेर मल्लले समान ३–३ विकेट लिए। तिलक राज भण्डारीले १ विकेट लिए।
  

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.