कालिकोटमा कांग्रेसबाट भुपेन्द्रजंग शाहीसहित तीन जनाको नाम सिफारिस

कालिकोटमा कांग्रेसबाट भुपेन्द्रजंग शाहीसहित तीन जनाको नाम सिफारिस

कालिकोट : नेपाली कांग्रेस कालिकोटले आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारहरूको नाम सिफारिस गरेको छ। शनिबार सम्पन्न कार्यसम्पादन समितिको बैठकले नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीसहित तीन जनाको नाम सिफारिस गरेको हो। 

शाही २०७० सालको दोस्रो संविधान सभा र २०७४ सालमा सम्पन्न प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत हुन्। उनी कालिकोटमा निकै लोकप्रिय नेता भए पनि २०७४ सालमा भएको नेकपा माओवादी केन्द्र र नेकपा एमालेको बाम गठबन्धनका कारण चुनावमा पराजित भएका थिए। 

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस माओवादी गठबन्धनका कारण कालिकोटमा माओवादीको भागमा प्रतिनिधि सभा पर्दा उनी उम्मेदवार नै बन्न पाएनन्। नेपाल विद्यार्थी संघको विद्यालय इकाई कार्यसमिति हुँदै नेविसंघ केन्द्रीय सदस्य, केन्द्रीय उपाध्यक्षका साथै नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल तरुण दलको केन्द्रीय महासचिव पनि भइसकेका नेता हुन्। 

जसमा पहिलो नम्बरमा भुपेन्द्रजंग शाही, दोस्रोमा पार्टी सभापति अम्बबहादुर शाही र महिला तर्फ सिता रावलको नाम सिफारिस गरेको छ। यस्तै प्रतिनिधि सभा समानुपातिक तर्फ नेपाली कांग्रेस कर्णाली प्रदेश उपसभापति कालीबहादुर सहकारी, महाधिवेशन प्रतिनिधि सुशीला शाही बम र दलित तर्फ मानबहादुर नेपालीको नाम सिफारिस गरेको छ। यस्तै राष्ट्रिय सभाका लागि युवा नेता टेकराज शाही र यसोधा शाहीको नाम सिफारिस गरेको छ। 
      
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.