त्रिशूलीमा गरियो विज्ञान प्रदर्शनी
नुवाकोट : नुवाकोटको त्रिशूलीमा विज्ञान प्रदर्शनी गरिएको छ। शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटको आयोजनामा नुवाकोट जिल्ला स्तरीय माविहरूको विज्ञान प्रदर्शनीमा सम्पन्न भएको छ। त्रिभुवन त्रिशूली मावि परिसरमा सम्पन्न एक दिने विज्ञान प्रदर्शनीमा लिखु गाउँपालिका-४ चौघडाको क्षेत्रपाल माविका विद्यार्थीहरूले निर्माण गरेका सामग्री प्रथम भएको छ।
पञ्चकन्या गाउँपालिकामा रहेको इन्द्रायणी प्राविधिक मावि द्वितीय र देउराली मावि तृतीय भएका छन्। गाउँपालिकाभित्र छनोट भएका विद्यालयहरूको विज्ञान प्रदर्शनी गरिएको थियो। नुवाकोटका १२ पालिकामध्ये ११ पालिकाबाट छनोट भएका ११ विद्यालयका विद्यार्थीहरू विज्ञान प्रदर्शनीमा सहभागी भएका थिए।
उक्त कार्यक्रममा विद्यार्थीहरूले निर्माण तथा तयार गरेका विज्ञान सामग्रीहरू प्रदर्शनीमा राखिएको थियो। त्रिभुवन त्रिशूली माविले भने खानाका परिकारसहित ३३ प्रकारका स्टलहरू राखेको थियो।
प्रतिक्रिया दिनुहोस !