एमालेको राष्ट्रिय महाधिवेशन : कति बेला सुरु हुन्छ बन्द सत्र ?
काठमाडौं : नेकपा एमालेले राष्ट्रिय महाधिवेशन मध्यान्हपश्चात सुरु हुने भएको छ। ११ औं राष्ट्रिय महाधिवेशनको बन्द सत्र सुरु हुन अगाडि केन्द्रीय कमिटीको अन्तिम बैठक बोलाइएको छ।
काठमाडौँको भृकुटीमण्डपमा बिहान ९ बजे केन्द्रीय कमिटीको बैठक सुरु हुने र त्यसपश्चात सवा १२ बजेबाट बन्दसत्र सुरु हुने स्थायी कमिटी सदस्य भानुभक्त ढकालले जानकारी दिए।
महाधिवेशनमा २ हजार २ सय ६२ जना प्रतिनिधि छन्। महाधिवेशनले अध्यक्ष, ३ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ७ सचिवसहित २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ। महाधिवेशनमा सहमति नभए मतदानका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने एमालेको तयारी गरेको छ। एमालेले पदाधिकारीलाई नै स्थायी कमिटीको संरचना बनाएको छ।
यस अगाडि सचिवालय बैठकले बन्द सत्र सञ्चालनमा विगतभन्दा फरक अभ्यास अपनाउँदै सिंगो सचिवालयले ‘अध्यक्ष मण्डल’को भूमिकामा रहने निर्णय गरेको छ। महाधिवेशनबाट पारित गरिनुपर्ने विशेष प्रस्तावको तयारीका लागि उपमहासचिव प्रदीप ज्ञवाली र महाधिवेशनमा हुने निर्णयहरूको माइन्युनिटिङका लागि भने उपमहासचिव पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा १/१ समिति गठन गरिएको छ।
प्रतिक्रिया दिनुहोस !