भृकुटीमण्डपमा एमाले नेता-कार्यकर्ताको चहलपहल (तस्बिर)
काठमाडौं : नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र चल्ने भृकुटीमण्डपमा नेता-कार्यकर्ता आउन थालेका छन्। केन्द्रीय कमिटीको बैठक सकिएपछिसवा १२ बजे भृकुटीमण्डपमा बन्दसत्र सुरु हुने भएपछि नेता कार्यकर्ता र महाधिवेशन प्रतिनिधिको चहलपहल बढेको हो। 
महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा दाबी गरेका छन् । संस्थापन पक्षबाट अध्यक्ष केपी शर्मा ओली निर्वाचनमा जाने तयारी गरेका छन् । यद्यपी औपचारिक घोषणा भने हुन सकेको छैन ।
महाधिवेशनमा २ हजार २ सय ६२ जना प्रतिनिधि छन्। महाधिवेशनले अध्यक्ष, ३ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ७ सचिवसहित २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ। महाधिवेशनमा सहमति नभए मतदानका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने एमालेको तयारी गरेको छ। एमालेले पदाधिकारीलाई नै स्थायी कमिटीको संरचना बनाएको छ।
उद्घाटन समारोह अगाडि बसेको सचिवालय बैठकले बन्द सत्र सञ्चालनमा विगतभन्दा फरक अभ्यास अपनाउँदै सिंगो सचिवालयले ‘अध्यक्ष मण्डल’को भूमिकामा रहने निर्णय गरेको छ। महाधिवेशनबाट पारित गरिनुपर्ने विशेष प्रस्तावको तयारीका लागि उपमहासचिव प्रदीप ज्ञवाली र महाधिवेशनमा हुने निर्णयहरूको माइन्युनिटिङका लागि भने उपमहासचिव पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा १/१ समिति गठन गरिएको छ।



प्रतिक्रिया दिनुहोस !