भृकुटीमण्डपमा सुरू भयो एमाले केन्द्रीय कमिटीको अन्तिम बैठक
काठमाडौं : नेकपा एमालेले केन्द्रीय कमिटी बैठक सुरू भएको छ। आइतबार बिहान ९ बजेका लागि बोलाइएको बैठक दुई घण्टा ढिलो गरी सुरू भएको छ। बैठक भृकुटीमण्डपमा सुरू भएको हो।
११ औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरू हुन अगाडि केन्द्रीय कमिटीको अन्तिम बैठक बोलाइएको हो। १० औं महाधिवेशनको अन्तिम केन्द्रीय कमिटीको बैठकपश्चात बन्दसत्र सुरू हुनेछ। सचिवालय बैठकले बन्द सत्र सञ्चालनमा विगतभन्दा फरक अभ्यास अपनाउँदै सिंगो सचिवालयले ‘अध्यक्ष मण्डल’को भूमिकामा रहने निर्णय गरेको छ।
महाधिवेशनबाट पारित गरिनुपर्ने विशेष प्रस्तावको तयारीका लागि उपमहासचिव प्रदीप ज्ञवाली र महाधिवेशनमा हुने निर्णयहरूको माइन्युनिटिङका लागि भने उपमहासचिव पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा १/१ समिति गठन गरिएको छ।
महाधिवेशनमा २ हजार २ सय ६२ जना प्रतिनिधि छन्। महाधिवेशनले अध्यक्ष, ३ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ७ सचिवसहित २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ। महाधिवेशनमा मतदानका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने एमालेको तयारी गरेको छ। एमालेले पदाधिकारीलाई नै स्थायी कमिटीको संरचना बनाएको छ।
प्रतिक्रिया दिनुहोस !