एमाले केन्द्रीय कमिटी बैठक
एमाले पदाधिकारीको संरचनामा परिवर्तन : वरिष्ठ उपाध्यक्ष हटाउने, सचिव बढाउने निर्णय
काठमाडौं : नेकपा एमालेले पदाधिकारीको संरचनामा परिवर्तन गर्ने भएको छ। ११ औँ महाधिवेशनको बन्द सत्र सुरू हुनुअघि आज बसेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ उपाध्यक्ष पद हटाएको छ।
वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष १ हटाएर सचिव पद थप गर्दै १९ पदाधिकारीसहित ३५१ सदस्यीय कमिटी कायम रहने गरी विधान संशोधन प्रस्ताव गर्ने निर्णय गरेको स्थायी कमिटीका सदस्य शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार अब उपाध्यक्ष ५ जना र सचिव ९ जना हुनेछन्। उक्त प्रस्ताव बन्द सत्रमा पेश हुनेछ।
प्रतिक्रिया दिनुहोस !