एमाले राष्ट्रिय महाधिवेशनको बन्द सत्र ३ बजे सुरु हुने
काठमाडौं : नेकपा एमालेले राष्ट्रिय महाधिवेशनको बन्दसत्र ३ बजे सुरु हुने भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिएपछि ११ औं राष्ट्रिय महाधिवेशनको बन्द सत्र ३ बजे सुरु हुन लागेको हो।
आज बसेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष १ पद हटाएर सचिव पद थप गर्दै १९ पदाधिकारीसहित ३५१ सदस्यीय कमिटी कायम रहने गरी विधान संशोधन प्रस्ताव गर्ने निर्णय गरेको स्थायी कमिटीका सदस्य शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार अब उपाध्यक्ष ५ जना र सचिव ९ जना हुनेछन्। उक्त प्रस्ताव बन्द सत्रमा पेश हुनेछ। महाधिवेशनमा २ हजार २ सय ६२ जना प्रतिनिधि छन्।
यस अगाडी विधान महाधिवेशनले अध्यक्ष, ३ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ७ सचिवसहित २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने निर्णय गरिएको थियो। महाधिवेशनमा सहमति नभए मतदानका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने एमालेको तयारी गरेको छ।
प्रतिक्रिया दिनुहोस !