मोरङमा अलगअलग दुर्घटनामा तीनजनाको मृत्यु

मोरङमा अलगअलग दुर्घटनामा तीनजनाको मृत्यु
सांकेतिक तस्बिर

विराटनगर : मोरङमा अलग-अलग स्थानमा भएका दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ । सुन्दरहरैँचा, ग्रामथान र धनपालथानमा दुर्घटना भएको हो । यद्यपि, धनपालथानमा दुर्घटनामा गरेर घाइते भएका पुरुषको दुई सातापछि मृत्यु भएको छ ।

सुन्दरहरैँचा नगरपालिका–६ गैरीगाउँको भित्री सडक खण्डमा आइतबार बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । लाइटिङ बोर्डिङ स्कुल क्षेत्रबाट गछिया खोलातर्फ जाँदै गरेको को १ त ६४५८ नम्बरको ट्याक्टर बिहान करिब ५ः४५ बजेतिर आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा ट्याक्टरका सहचालक सुन्दरहरैँचा–६ का २६ वर्षीय अतीत राई गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल लगिए पनि बिहान ७:१५ बजे चिकित्सकले मृत घोषित गरिदिएको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले बताए । ट्याक्टर चालक, सुन्दरहरैँचा–६ का ४० वर्षीय प्रेमकुमार राईलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।

यस्तै, ग्रामथान गाउँपालिका–२ झोराहाटमा शनिबार साँझ भएको अर्को दुर्घटनामा पैदलयात्रीले ज्यान गुमाएका छन् । विराटनगरबाट विराटचोकतर्फ गइरहेको प्रदेश १–०२–०४५ प ३१४१ नम्बरको मोटरसाइकलले साँझ ७:३५ बजेतिर पैदलयात्री ग्रामथान–२ का ५२ वर्षीय सुरेशकुमार सरदारलाई ठक्कर दिएको थियो । ठक्करपछि गम्भीर घाइते भएका सरदारलाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होम पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएको इन्स्पेक्टर न्यौपानेले बताए ।

उक्त दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ग्रामथान–२ की १७ वर्षीया जिया तिगा पनि घाइते भएकी छन् । उनको अवस्था मध्यम रहेको र विराट नर्सिङ होममै उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक ग्रामथान–२ का १८ वर्षीय इशान पौडेललाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

यसैबीच, धनपालथान गाउँपालिका–४ मा २ साताअघि मोटरसाइकलको ठक्करबाट घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । सखरदिना क्षेत्रबाट कर्सियातर्फ जाँदै गरेको को २३ प ८४०६ नम्बरको मोटरसाइकलले गत मंसिर १२ गते साँझ पैदलयात्री धनपालथान–३ सोराभागका ५२ वर्षीय शिवचरण माझीलाई ठक्कर दिएको थियो ।

दुर्घटनापछि गम्भीर घाइते भएका माझीलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।मो समयदेखि उपचाररत माझीको आइतबार बिहान ३:१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलका चालक धनपालथान–४ का ३१ वर्षीय धर्मेन्द्र परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उपचारका क्रममा जीवन र मृत्युबीच संघर्ष गरिरहेका माझीले अन्ततः ज्यान गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.