राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधि रोशनीलाई
स्याङ्जा : पुतलीबजार नगरपालिकामा भएको आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि रोशनीले हात पारेको। पछिल्लो तेस्रो पटकसम्म उपाधि जितेर रोशनीले रनिङ शिल्ड जित्न सफल भएको छ।
पुतलीबजार नगरपालिका-१ स्थित मालेबगर खेलमैदानमा विगत ३ दिनदेखि जारी प्रतियोगितामा पुतलीबजार नगरपालिका-१ स्थित नारायणस्थानमा रहेको रोशनी माविले १९ स्वर्ण, ३ रजत र ४ कास्य पदक सहित उपाधि जितेको हो।
प्रतियोगितामा पुतलीबजार नगरपालिका-६ टक्सार स्थित हिमालय माविले ५ स्वर्ण, १ रजत पदक सहित दोस्रो भएको छ। दुई स्वर्ण, ५ रजत र ३ कास्य पदकसहित स्याङ्जा मावि तेस्रो भएको भने १ स्वर्ण ५ रजत र ४ कास्यसहित त्रिभुवन आदर्श मावि सान्त्वना भएको छ।
नगरप्रमुख तुलसीराम रेग्मी लगायतले प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई नगदसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरे। प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीलाई पनि पुरस्कृत गरिएको छ।
प्रतियोगितामा भलिबल, ट्रिपलजम्प, एथलेटिक्स (दौड), ज्याभलिन थ्रो, हाईजम्प, सटपुट, लङ्जम्प, कबड्डी, भलिबल र विभिन्न मिटरका दौड लगायतका १५ वटा खेल खेलाइएका थिए। पुतलीबजारका २४ विद्यालय सहभागी रहेको प्रतियोगितामा १ हजार २८० विद्यार्थी सहभागी थिए।
प्रथम, द्वितीय, तृतीय हुने विद्यालयलाई नगद सहित रनिङ शिल्ड, मेडल र प्रमाणपत्रले पुरस्कृत गर्दै नगर प्रमुख रेग्मीले खेलकुद मार्फत विद्यार्थीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता र अनुशासन विकास गर्ने उद्देश्य रहेको बताए।
प्रतिक्रिया दिनुहोस !