नेप्से परिसूचक २५ सयको विन्दुमा झर्‍यो, ४ अर्बको सेयर कारोबार

नेप्से परिसूचक २५ सयको विन्दुमा झर्‍यो, ४ अर्बको सेयर कारोबार

काठमाडौं : साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक १२ अंक बढीले घटेर बन्द भएको छ।  नेप्से परिसूचक १२.५० अंकले घटेर २५९४.८७ विन्दुमा अडिएको हो। यसदिन ३३० स्क्रिप्सको १ करोड १२ लाख ७२ हजार १६८ कित्ता सेयर ४ अर्ब ७४ लाख ५५ हजार ७७ रुपैयाँमा खरिदबिक्री भए।

यसदिन एउटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। स्वस्तिक लघुवित्त वित्तिय संस्थाको  सेयर १० प्रतिशतले बढ्दा एसवाइ प्यानल नेपालको ९.९८ प्रतिशत,एनएमबी माइक्रोफाइनान्स वित्ती संस्थाको ५.१९ प्रतिशतले बढ्यो।

कारोबार रमका आधारमा कुमारी बैंक लि. प्रमोटर सेयर शीर्षस्थानमा रह्यो। सो बैंकको २६ करोड १८ लाख मूल्य बराबरको सेयर कारोबार भयो। नगदी ग्रुप पावरले १८ करोडको सेयर कारोबार गर्दा शिवम् सिमेन्टको  ७ करोड ८९ लाख,श्रीनगर एग्रिटेक इन्डस्ट्रिजको ७ करोड ७० लाख र बुटवल पावरले ७ करोड ४ लाख मूल्य बराबरको सेयर कारोबार गरे।

कारोबारमा आएकामध्ये ५६ वटा स्टक्सको मूल्य बढ्दा १९६ वटाको घट्यो। बाँकी ६ वटा स्टक्सको मूल्य भने स्थिर रहयो। दुई समूहको उपसूचकबाहेक अन्य समूहको उपसूचक नकारात्मक देखिएका छन्। बैंकिङ र म्युचुअल फण्डबाहेक अन्य समूहको उपसूचक घटेका हुन्।

( नेप्से परिसूचक २५९४.८७ हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ- सम्पादक)

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.