अस्ट्रेलियामा गोलीबारी, केही मानिसको मृत्यु भएको आशंका
काठमाडौं : अष्ट्रेलियाको बोन्डीबीच (समुद्र तट)मा गोलीकाण्ड भएको खबर आएको छ। अष्ट्रेलियाको न्यु साउथ वेल्स प्रहरीले बोन्डीबीचमा भएको गोलीकाण्डमा केही मानिसको मृत्यु भएको आशंका गरेको छ।
तर मृतकको संख्याबारे कुनै जानकारी दिइएको छैन। प्रहरीले दुई जनालाई हिरासतमा लिएको बताएको छ। रिपोर्टहरूले घटनामा दुई प्रहरी अधिकारी घाइते भएको संकेत गरेको छ।
प्रहरीले सर्वसाधारणलाई उक्त क्षेत्रबाट टाढा रहन अपील गरेको छ। प्रहरीले इन्स्टाग्राममा पोस्ट गर्दै भनेको, "बोन्डी समुद्र तटमा दुई जनालाई प्रहरी हिरासतमा लिइएको छ। यद्यपि, प्रहरी कारबाही अझै जारी छ र हामी मानिसहरूलाई उक्त क्षेत्रबाट टाढा रहन आग्रह गर्दछौं। कृपया सबै प्रहरी निर्देशनहरू पालना गर्नुहोस्। प्रहरी लाइनहरू पार नगर्नुहोस्।"
अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशन (एबीसी) ले यहाँको प्रहरीले सक्रिय बन्दुकधारीको रिपोर्टमा कारबाही गरिरहेको जनाको छ। ७न्यूजको रिपोर्ट अनुसार स्थानीयहरूले गोली चलेको आवाज सुनेको र समुद्र तटबाट सयौं मानिस भागिरहेको देखेको उल्लेख गरेको छ।
प्रतिक्रिया दिनुहोस !