सिरहा कांग्रेसद्वारा २३ उम्मेदवार सिफारिस

सिरहा कांग्रेसद्वारा २३ उम्मेदवार सिफारिस

सिरहा : फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिरहाले २३ जना उम्मेदवारहरूको नाम सिफारिस गरेको छ। जसमा ४ वटा निर्वाचन क्षेत्रका लागि ८ जना प्रत्यक्षमा र १५ जना समानुपातिकतर्फ छन्।

निर्वाचन क्षेत्र–१ मा केन्द्रीय सदस्य पदम नारायण चौधरी र लहान नगर सभापति सञ्जयकुमार यादवलाई प्रत्यक्षमा र नेपाल महिला संघकी केन्द्रीय सभापति उषा राउत, नेविसंघ पूर्व केन्द्रीय सह–महामन्त्री प्रमेश्वर साह र जिल्ला सदस्य शर्मिला पोखरेलको नाम सिफारिस गरेका छन्। जसमा जेन–जी युवापुस्ता ४० वर्ष मुनिका साह र पोखरेल छन्।

क्षेत्र–२ प्रत्यक्षमा जिल्ला सभापति तथा संविधानसभा सदस्य रामचन्द्र यादव र समानुपातिकमा केन्द्रीय सदस्य अस्ट्रेलियाकी राजदूत चित्रलेखा यादवको नाम सिफारिस भएको हो। क्षेत्र–३ प्रत्यक्षमा जिल्ला सहसचिव रामबाबु यादव, पूर्वप्राध्यापक मधुसूदन यादव र समानुपातिकमा मधेस प्रदेश महामन्त्री तथा मधेस सरकारको नीति आयोग सदस्य उपेन्द्र यादव, कौशल मण्डल, अरुण सदाय र कुसुम कुमारी यादवको नाम सिफारिस गरेको हो।

क्षेत्र–४ प्रत्यक्षमा केन्द्रीय सदस्य मञ्जु खाँड, संविधानसभा सदस्य डा. गणेशकुमार मण्डल र हज समितिका केन्द्रीय अध्यक्ष मोहम्मद मुख्तार अहमद त्यसैगरी समानुपातिकमा अरुणकुमार सिंह, रमेश न्यौपाने, रामएकवाल यादव, रामकृष्ण पोखरेल, नागेश्वर भुडेर, अरहुलिया मुखियाको नाम सिफारिस भएको हो।

यसैगरी, राष्ट्रिय सभाका लागि सिरहा–१ बाट सूर्य नारायण यादव र वसन्ती सदाय सिरहा–२ बाट संविधानसभा सदस्य अमियकुमार यादव र सिरहा–३ बाट मोहम्मद इजहारुल हकको नाम सिफारिस गरेर पठाएका छन्।

कांग्रेस जिल्ला सचिव शैलेन्द्र यादवका अनुसार नेपाली कांग्रेसको विधानको धारा ३०, धारा ३३ (२) तथा धारा ६९ बमोजिम योग्यता पुगेका उम्मेदवारहरूलाई क्षेत्रीय कार्यसमितिबाट सिफारिस भएर आएका उम्मेदवारहरूलाई व्यवस्थापन गरेर प्रदेश र केन्द्रीय कार्यसमितिलाई पठाइएको छ।

दुई निर्वाचन क्षेत्रमा विवाद

उम्मेदवाहरूको नाम सिफारिसमा क्षेत्र–१ र ३ मा विवाद देखिएका छन्। क्षेत्रीय कार्यसमिति १ ले प्रत्यक्षमा रामसुन्दर चौधरी र पद्मनाराण चौधरीको नाम सिफारिस गरेको थियो। जिल्लामा त्यसमा रामसुन्दरको नाम हटाएको छ। यसैगरी, क्षेत्र–३ का क्षेत्रीय कार्यसमितिले प्रत्यक्षमा पूर्वकेन्द्रीय कोषाध्यक्ष पूर्वमन्त्री सीतादेवी यादव र समानुपातिमा अमर रेग्मी, जीवछ गुप्ता र जगतारैन कामतीको नाम सिफारिस गरेको थियो। तर, जिल्ला कार्यसमितिको सिफारिसमा यी कुनै उम्मेदवारहरूको नाम उल्लेख छैन।

क्षेत्र–३ का सभापति सञ्जय प्रकाश यादवका अनुसार आफूले क्षेत्रबाट सिफारिस भएको उम्मेदवारहरूको नाम जिल्ला सचिव शैलेन्द्रलाई टिपाएको र प्रदेश, केन्द्रलाई इमेल गरेका छौं। यता, जिल्ला सचिव शैलेन्द्रले क्षेत्रीय समितिले गरेको निर्णय जिल्लालाई नबुझाएका बताएका छन्।

जिल्ला अधिवेशनकै विवाद अझै जारी

जिल्ला अधिवेशनको निर्वाचनमा रामसुन्दर चौधरीले रामचन्द्र यादवसँग प्रतिस्पर्धा गरेका थिए। जिल्ला कार्यसमितिको निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै चौधरी पक्षले बहिष्कार गरेका थिए। बहिष्कार मात्रै होइन, उनले जिल्ला समानान्तर समिति नै गठन गरेका थिए। त्यही बेलादेखिको विवाद नसुल्झिएको कांग्रेस एक नेता बताए। क्षेत्रीय समितिले सिफारिसको गरेको नामावलीमा जिल्लाले राय लेख्ने हो तर, यहाँ नियतवश उम्मेदवारहरूको नाम नै सिफारिसबाट हटाएको रामसुन्दर चौधरीको आरोप छ। मंसिर १५ गते केन्द्रले पठाएको उम्मेदवार सिफारिस सम्बन्धीको परिपत्र उल्लघंन भएको उनको भनाइ छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.