भ्रष्टाचार मुद्दामा इञ्जिनियर यादव दोषी ठहर

भ्रष्टाचार मुद्दामा इञ्जिनियर यादव दोषी ठहर

काठमाडौं : विशेष अदालतले सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय, ओखलढुंगामा कार्यरत तत्कालीन इन्जिनियर सन्तोष कुमार यादवलाई घुस (रिसवत) मुद्दामा दोषी  ठहर गर्दै दुई वर्ष कैद सजायको फैसला सुनाएको छ।

अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासले यादवलाई दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय र ५ लाख ७० हजार जरिबाना ठहर गरेको छ। यादव सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय, ओखलढुङ्गामा कार्यरत इन्जिनियर हुन्।

यादवले खोटाङ जिल्लामा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गर्ने प्रयोजनका लागि घुस (रिसवत) माग गरेको अवस्थामा  अख्तियारको टोलीले पक्राउ गरेको थियो। सेवाग्राहीबाट यादवले गत जेठ १ गते ५ लाख ७० हजार घुस (रिसवत) लिइरहेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको थियो। इन्जिनियर यादवले २०८१ चैत ८ गते पनि  सेवाग्राहीबाट भुक्तानी प्रक्रिया अघि बढाइदिए वापत १ लाख रुपैयाँ घुस लिएको दाबी अख्तियारको छ। 

खोटाङमा निर्माणाधीन सडकको पाँचौं रनिङ्ग बिल स्वीकृत गरी भुक्तानी प्रक्रियासम्बन्धी काम अघि बढाइदिए वापत सेवाग्राहीसँग घुस लिएको अभियोग लगाउँदै अख्तियारले गत जेठ २२ गते मुद्दा दायर गरेको थियो। 

अदालतले अपराध पीडित ऐन,२०७५ को दफा  ४१ बमोजिम यादवबाट उक्त विगोको ४० प्रतिशतले हुन आउने रकम २२ हजार ८ सय रुपैंया क्षतिपूर्ति शुल्क पीडित राहत कोषमा भराइदिने ठहर समेत गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.