चोरीको आरोपमा प्रहरी हिरासतमा रहेका युवकको मृत्यु

चोरीको आरोपमा प्रहरी हिरासतमा रहेका युवकको मृत्यु

काभ्रे : इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। काभ्रेको रोशी गाउँपालिका–१२ ढाडपाखाका २१ वर्षीय दुधराज तामाङले प्रहरी हिरासतभित्र आत्महत्या गरेको अवस्थामा फेला पारिएको प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए । 

उनलाई चोरीको आरोपमा आइतबार प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक कार्कीले बताए । घटना थाहा पाएलगत्तै आवश्यक प्रक्रिया अघि बढाइएको मृतकका आफन्तहरूलाई खबर गरी कार्यालयमा बोलाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.