election background

प्रतिनिधि सभा निर्वाचन २०८२

ट्याक्टर र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु, घाइतेको अवस्था गम्भीर

ट्याक्टर र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु, घाइतेको अवस्था गम्भीर

रौतहट : चन्द्रपुर नगरपालिका–१० अन्तर्गत चपुर–गौर सडक खण्डको बालचनपुरमा गएराति ट्याक्टर र मोटरसाइकल ठोकिँदा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। एकजना गम्भीर घाइते भएका छन्।

गरुडाबाट बालचनपुरतर्फ आउँदै गरेको नम्बर नखुलेको ट्याक्टरले चन्द्रपुरबाट गरुडातर्फ जाँदै गरेको प्रदेश २–०३–०१३ प ३०६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा रौतहट गढिमाई नगरपालिका–४ सुन्दरपुरका मोटरसाइकल चालक ५० वर्षीय प्रमोद साह कानुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

मोटरसाइकलको पछाडि सवार ६५ वर्षीय जोगिन्द्र हजारा पासवानको टाउकोमा गम्भीर चोट लागेको र उनको अवस्था चिन्ताजनक रहेकाले वीरगन्ज रिफर गरिएको प्रहरी निरीक्षक दिनेश थापाले जानकारी दिए। घटनामा संलग्न दुईवटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक भने फरार रहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक थापाले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.