election background

प्रतिनिधि सभा निर्वाचन २०८२

अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतिस्पर्धामा आर्या र खुसी विजयी

अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतिस्पर्धामा आर्या र खुसी विजयी

न्यूयोर्क : अमेरिकाका सात सहरमा बस्ने नेपाली जातिका प्रतिभाबीच भएको गायन प्रतियोगितामा कोलम्बसकी १३ वर्षीया किशोरी आर्या खनाल प्रथम भएकी छन्। त्यसैगरी सात शहरकै बीच भएको नृत्य प्रतिस्पर्धामा कोलम्बसकै १३ वर्षीय खुसी अधिकारी विजेता घोषित भएकी छन्।

नेपाली जातिका मानिसहरूको बाक्लो बस्ती भएका ओहायोको कोलम्बस, एक्रोन, सिन्सिनाटी तथा पेन्सिलभेनियाको ह्यारिसवर्ग, ल्यानकास्टर, पिट्सवर्ग र स्क्रान्टन शहरका प्रतिभाहरूले भाग लिएका थिए।

इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा ओहायोको एक्रोन सहरमा भेला भएका यी प्रतिभाहरूको डिसेम्बर २० र २१ मा भएको प्रतिष्पर्धात्मक प्रस्तुतिमा गायनतर्फ सिन्सिनाटीका दिगान्त गुरुङ दोस्रो भएका थिए भने नृत्यतर्फ ल्यानकास्टरकी आयुसा चापागाईँ दोस्रो विजेता बनेकी थिइन्। 

त्यसैगरी कोलम्बसकै कुन्जन सुवेदी गायनतर्फ तेस्रो भइन भने ह्यारिसवर्गकी सामन्था क्षेत्री नृत्यतर्फ तेस्रो पुरस्कार जित्न सफल भइन्।

अमेरिकामै जन्मे हुर्केका नेपाली जातिका बालबालिका र किशोर किशोरीहरूलाई नेपाली कला संस्कृतितर्फ आकर्षित गर्ने चुनौतीपूर्ण कार्य विगत १० वर्षदेखि निरन्तर गरिरहेको बताउँदै फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले भुटानबाट लखेटिनुपर्दा पनि नछाडेको नेपाली संस्कृतिलाई पुस्तान्तरणको अभियानमा सबैको साथको अपेक्षा गरे। विजेताहरूलाई पुरस्कार र प्रमाणपत्र वितरण गर्दै उनले नेपाली जातिको पहिचान लिएर गर्वका साथ जीवन जिउन सिकाउन फाउण्डेसनले सात शहरहरुमा सातवटा नेपाली नृत्य र संगीतका कक्षाहरु सञ्चालन गरिरहेको जानकारी पनि दिए। 

यी कक्षाहरूमा १३ सय नेपाली मूलका बालबालिका, किशोर किशोरीहरू अध्ययनरत छन्। यी विद्यार्थीहरूबाट स्कुलमै अडिसन गराई छानेर ल्याइएका १०–१० जनाका विद्यार्थीहरूका ग्रुपहरुबीचको नृत्य प्रतियोगितामा पेन्सिलभेनियाको ल्यान्काष्टर समूह प्रथम भयो भने पेन्सिलभेनियाकै ह्यारिसवर्ग समूह दोस्रो र ओहायोको कोलम्बस समूह तेस्रो भएको छ।

इन्टर स्कुल नृत्य र गायन प्रतियोगिता २०२५ नाम दिइएको यो प्रतिस्पर्धामा एकल गायन, एकल नृत्य र समूह नृत्यमा प्रथम हुनेले ३ हजार अमेरिकी डलर पुरस्कार पाएका छन् भने दोस्रो हुनेले २ हजार र तेस्रो हुनेले एक हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन्।

गायनतर्फ जजहरूमा गायिकाहरू अन्जु पन्त र सुजता वर्मा तथा गायक अर्जुन रसाइली थिए भने नृत्यतर्फका जजहरूमा दिलीप रायमाझी, अभिनेत्री सारंगा श्रेष्ठ र नृत्यविद् आरती शर्मा थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.