election background

प्रतिनिधि सभा निर्वाचन २०८२

अर्घाखाँचीमा विद्यार्थी बोकेको जीप दुर्घटना, एकजनाको मृत्यु, १६ घाइते

अर्घाखाँचीमा विद्यार्थी बोकेको जीप दुर्घटना, एकजनाको मृत्यु, १६ घाइते

अर्घाखाँची : अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा विद्यार्थी बोकेको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा १६ जना घाइते भएका छन्। भूमिकास्थान नगरपालिका वडा नम्बर- १० धनचौरबाट नुवाकोट जाँदै गरेको लु २ च ५१७९ नम्बरको जीप शुक्रबार  भूमिकास्थान नगरपालिका- ७ छिर्लिंग खोला नजिकै  दुर्घटना भएको हो । 

दुर्घटनामा चालक भूमिकास्थान- १० धनचौरका ४५ वर्षयीय रुद्रबहादुर बुढा मगरको मृत्यु भएको अर्घाखाँची अस्पतालका स्वास्थ्यकर्मी अशोक चौहानले जानकारी दिएका छन् । दुर्घटनामा घाइते भएका १६ जनाको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ । 

भूमिकास्थान नगरपालिकाले आजदेखि सुरु गर्न लागेको पालिकास्तरीय राष्ट्रपति रनिंग शील्ड प्रतियोगीतामा भाग लिन जाँदै गरेको जीप दुर्घटना भएको हो । जीप दुर्घटना भएपछि राष्ट्रपति रनिंग शिल्ड प्रतियोगीताका सम्पूर्ण खेलहरू स्थगित गरिएको भूमिकास्थान नगरपालिकाका नगर प्रमुख झविलाल थापाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.