जाडोमा औंला सुन्निएला नि !
जाडो याम छ । हत्केला र अनुहार नछोपी मोटरसाइकल र स्कुटर चलाउने गर्नुहुन्छ भने तपाईंका हातका औंलाहरू सुन्निन सक्छ । बढी चिसोको सम्पर्क हुँदा हातखुट्टाका औंलाहरू सुन्निने, दाग बस्नेलगायतका समस्या देखिन सक्छ ।
चिकित्सकीय भाषामा चिलब्लेन्स भनिने यो समस्यालाई कतिपयले परनियोसिससमेत भन्छन्् । छाला चिसो हुँदा यो समस्या देखा पर्छ । यो समस्याले हातखुट्टाका औंलामात्र नभई, नाक, कानको लोती, गाला, तिघ्रा, नली हाड आदिमा समेत यो समस्या सिर्जना गर्छ । मुख्य रूपमा यो रातो वा बैजनी रंगको छालाको फुटाई वा दागका रूपमा समेत देखिन सक्छ । कतिपयको छालामा फोका उत्पन्नसमेत हुन सक्छ ।
– चिसोबाट जोगिने, घाममा बस्ने
– शरीरलाई न्यानो पार्ने कपडा लगाउने
– बाक्लो पञ्जा र मोजा लगाउने
– हातखुट्टा, अनुहारलाई सुक्खा र न्यानो राख्ने
– कार्यस्थल र घरवरपर न्यानो वातावरण बनाउने ।
प्रतिक्रिया दिनुहोस !