election background

प्रतिनिधि सभा निर्वाचन २०८२

न्यूयोर्क राज्य सभाका लागि सोमनाथ घिमिरेले गरे उम्मेदवारी घोषणा

न्यूयोर्क राज्य सभाका लागि सोमनाथ घिमिरेले गरे उम्मेदवारी घोषणा

न्यूयोर्क : वुडसाइडका पुराना बासिन्दा एवं प्रतिष्ठित सामाजिक अभियन्ता सोमनाथ घिमिरेले न्यूयोर्क राज्य सभाको डिस्ट्रिक्ट ३० का लागि उम्मेदवारी घोषणा गरेका छन् । उनका मुख्य एजेन्डाहरूमा सुलभ आवास, गुणस्तरीय सार्वजनिक शिक्षा, श्रमिक हकहितको संरक्षण, र डिस्ट्रिक्ट ३० का सबै बासिन्दाहरूको समावेशी प्रतिनिधित्व रहेको उल्लेख छ।

उम्मेदवारी घोषणा गर्दै घिमिरेले भने, "क्विन्स एउटा यस्तो ठाउँ हो जहाँ हरेक परिवारको अपनत्व र आवाज हुनुपर्छ। म यसकारण चुनावी मैदानमा उत्रिएको हुँ किनभने डिस्ट्रिक्ट ३० लाई हाम्रो समुदायको मर्म बुझ्ने र सबैका लागि व्यावहारिक एवं ठोस समाधान निकाल्न प्रतिबद्ध नेतृत्वको खाँचो छ।"

उम्मेदवारी घोषणा कार्यक्रममा घिमिरेले बलियो र न्यायपूर्ण क्विन्स निर्माणका लागि आफ्नो दृष्टिकोण र योजनाहरू प्रस्तुत गर्नेछन्। 

'जनसेवाको वास्तविक अर्थ जनताको कुरा सुन्नु, उनीहरूका सुख-दुःखमा साथ दिनु र आफूले प्रतिनिधित्व गर्ने मानिसहरूको पक्षमा दृढतापूर्वक लड्नु हो,' घिमिरेले थपे, 'हामी मिलेर यस्तो क्विन्स निर्माण गर्न सक्छौं जहाँ हरेक परिवारले फस्टाउने र अघि बढ्ने अवसर पाउनेछन्।'

अभियानका थप विवरणहरू घोषणा कार्यक्रम र त्यसपछिका हप्ताहरूमा सार्वजनिक गरिनेछ।

सन् १९९६ देखि वुडसाइडमा बसोबास गर्दै आएका घिमिरेले दुई दशकभन्दा बढी समयदेखि नेपाली अमेरिकी र दक्षिण एसियाली समुदायको सेवाका साथै क्विन्सका श्रमिक, आप्रवासी र श्रमजीवी परिवारहरूको पक्षमा वकालत गर्दै आएका छन्। उनले सन् २०२० को जनगणनामा फिल्ड सुपरभाइजरको रूपमा काम गरी पछाडि परेका समुदायहरूलाई गणनामा समेट्न महत्वपूर्ण भूमिका खेलेका थिए। साथै, उनले इन्हुर्ड इन्टरनेशनलमार्फत २२ वटा देशमा मानव अधिकार मिसनहरूमा सहभागी भई अन्तर्राष्ट्रियस्तरमा समेत अनुभव सँगालेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.