एकता कायम राख्न अपिल

धर्मका नाममा फैलाइने घृणा,हिंसा र विभाजन सभ्य समाजका लागि स्वीकार्य छैन : मुख्यमन्त्री यादव

धर्मका नाममा फैलाइने घृणा,हिंसा र विभाजन सभ्य समाजका लागि स्वीकार्य छैन : मुख्यमन्त्री यादव

जनकपुरधाम : पछिल्लो समय बढ्दै गएको धार्मिक अहिष्णुता र तनावप्रति मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गम्भीर चिन्ता व्यक्त गर्दै शान्ति,सद्भाव र एकताबद्ध हुन सबै समुदायलाई आह्वान गरेका छन्।

मुख्यमन्त्री यादवले मधेश भूमि हिन्दु–मुस्लिमसहित सबै समुदायको साझा घर रहेको उल्लेख गर्दै विविधता नै मधेशको पहिचान,सामर्थ्य र शक्ति भएको बताएका छन्। उनले समाजलाई विभाजनतर्फ लैजाने गतिविधिले समाज,राज्य र नागरिक सबैलाई कमजोर बनाउने भन्दै एकता नै मधेशको वास्तविक शक्ति भएको स्पष्ट पारेका छन्।

'मधेश सबै समुदायको साझा घर हो। विविधता नै हाम्रो शक्ति हो। त्यसैले हिंसा होइन,संवादमार्फत समस्या समाधानको खोजी गरिनुपर्छ,'मुख्यमन्त्री यादवले भने।

मधेशका विभिन्न स्थानमा देखिएका तनाव,अफवाह र उत्तेजनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै उनले धर्मका नाममा फैलाइने घृणा,हिंसा र विभाजन सभ्य समाजका लागि अस्वीकार्य भएको बताए। उनले यस्ता गतिविधिमा संलग्न जो–कोहीमाथि कडा कारबाही गरिने चेतावनीसमेत दिए। 'हिंसाले कहिल्यै समस्या समाधान गर्दैन। घृणा र विभाजनले समाजलाई झनै कमजोर बनाउँछ,'उनले भने।

धनुषाको कमला नगरपालिकामा मस्जिदमा भएको ताडफोडको घटनापछि धनुषासहित मधेशका विभिन्न जिल्लामा विरोध प्रदर्शन भइरहेको छ। प्रदेश सरकारले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्ने र शान्ति–सुरक्षा कायम राख्न आवश्यक सबै कदम चाल्ने जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.