नेपाली राष्ट्रिय पुरुष टिमको जर्सी सार्वजनिक

नेपाली राष्ट्रिय पुरुष टिमको जर्सी सार्वजनिक

काठमाडौं : आइसीसी टी २० विश्वकप २०२६  खेल्ने नेपाली राष्ट्रिय पुरुष टिमको जर्सी सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ(क्यान)ले आइसीसी विश्वकप २०२६ को ट्रफीसँगै विश्वकप खेल्ने जर्सी सार्वजनिक गरेको हो। नेपालको जर्सी गाढा निलो रंगमा चन्द्र र सूर्य अङ्कित रहेको छ। 

समर्थकहरूका लागि जर्सी  नेपाली रुपैयाँ ७९९ रुपैयाँमा उपलब्ध गराउने भाटभटेनी होल्डिङका म्यानेजर आलोक श्रेष्ठले बताए। जर्सी सार्वजनिक गर्ने क्रममा नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले नेपालमा पनि  क्रिकेटको क्रिज बढेको बताए। ‘आइसीसीले विश्वकप २०२६ मा खेल्ने २० वटा देशमा ट्रफी टुर गराउनले विश्वमा क्रिकेटको क्रेज बढेको छ।’ यसका कारण नेपालमा पनि क्रिकेटको क्रेज बढेको उनले जोडेका थिए। 

उनले नेपालका विभिन्न विश्व सम्पदा सूचीमा परेका क्षेत्रहरूमा विश्वकप २०२६ को ट्रफी टुर गराइने बताए । आज विश्वकपको  ट्रफी सगरमाथा बेस क्याम्प लाने कार्यक्रम रहे पनि मौसमका कारणले उक्त ठाउँमा लान सकिएन। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.