election background

प्रतिनिधि सभा निर्वाचन २०८२

वर्डक्याम्प नेपाल बुटवलमा, जनवरी २३-२४ मा आयोजना हुने

वर्डक्याम्प नेपाल बुटवलमा, जनवरी २३-२४ मा आयोजना हुने
सुन्नुहोस्

काठमाडौं : वर्डक्याम्प नेपाल यस वर्ष बुटवलमा आयोजना हुने भएको छ। जनवरी २३ र २४, २०२६ मा बुटवलको मणिग्राम विश्राम बाटिकामा ‘वर्डक्याम्प नेपाल २०२६’ हुने भएको हो। प्रविधि र व्यापारको केन्द्रका रूपमा उदाउँदै गरेको लुम्बिनी प्रदेशका लागि यस कार्यक्रमलाई एउटा महत्वपूर्ण अवसरको रूपमा हेरिएको आयोजकहरूले बताएका छन्।

वर्डप्रेससम्बन्धी ज्ञान र अवसर काठमाडौंमा मात्र सीमित नराखी देशका अन्य भूभागमा विस्तार गर्ने उद्देश्यका साथ यस वर्षका लागि बुटवललाई सम्मेलनस्थलका रूपमा चयन गरिएको हो। यो कदमले नेपालको बढ्दो डिजिटल अर्थतन्त्रलाई टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। वेवसाइट निर्माण, सामग्री व्यवस्थापन तथा ई-कमर्स समाधानमा वर्डप्रेसले निभाइरहेको भूमिका महत्वपूर्ण ठहरिएको आयोजकहरूको भनाइ छ।

यस वर्षको वर्डक्याम्पले विगतका सफल संस्करणहरूको परम्परालाई निरन्तरता दिँदै सिकाइ, नेटवर्क निर्माण र समुदाय सुदृढीकरणका लागि महत्वपूर्ण मञ्च उपलब्ध गराउनेछ। भैरहवा र लुम्बिनी जस्ता महत्वपूर्ण गन्तव्यको नजिक रहेको बुटवलमा आयोजनाले तराई क्षेत्रका साथै देशका अन्य स्थानबाट पनि सहभागी आकर्षित हुने विश्वास गरिएको छ। प्राकृतिक सौन्दर्य, भ्यू–प्वाइन्ट, पार्क र आध्यात्मिक गन्तव्यले भरिपूर्ण बुटवल वर्डक्याम्प नेपाल २०२६ का लागि उपयुक्त पृष्ठभूमि हुने बताइएको छ।

कार्यक्रम दुई दिनसम्म सञ्चालन हुनेछ। जनवरी २३ मा ‘कन्ट्रिब्युटर डे’ रहनेछ, जसअन्तर्गत सहभागीहरूले विभिन्न टिम तथा समूहमा विभाजित भई वर्डप्रेस परियोजनामा प्रत्यक्ष योगदान, सिकाइ र सहकार्यको अनुभव लिन सक्नेछन्। जनवरी २४ मा ‘कन्फरेन्स डे’ सञ्चालन हुनेछ, जहाँ विशेषज्ञ वक्ताहरूका प्रस्तुतिहरू, प्यानल छलफल र व्यवहारिक कार्यशालाहरू रहनेछन्। यस दिन वर्डप्रेससम्बन्धी नयाँ प्रवृत्ति, उत्तम अभ्यास तथा नवीनतम विकासबारे जानकारी लिन सकिनेछ।

कार्यक्रममा नेपालभरिका वर्डप्रेसप्रेमी, डेभलपर, डिजाइनर, कन्टेन्ट क्रिएटर, व्यवसायी, विद्यार्थी तथा प्रयोगकर्ताहरू सहभागी हुन सक्नेछन्। करियर विकास, नेटवर्क विस्तार, नयाँ अवसरको खोजी र वर्डप्रेस इकोसिस्टमबारे अद्यावधिक जानकारी प्राप्त गर्न चाहनेका लागि सम्मेलन उपयोगी हुने अपेक्षा गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.