प्रथम लालबन्दी मेयर गोल्ड कप माघ १६ गतेबाट

प्रथम लालबन्दी मेयर गोल्ड कप माघ १६ गतेबाट

मलंगवा : सर्लाहीको लालबन्दी नगरपालिका-१ नवपुरमा माघ १६ गतेबाट प्रथम लालबन्दी मेयर गोल्ड कप प्रतियोगिता २०८२ सुरु हुने भएको छ। 

नवलपुरस्थित नबलपुर फुटबल रंगशालामा आयोजना हुने प्रतियोगितामा मधेश प्रदेशका ८ र अन्य जिल्लाका ४ टिम गरि १२ वटा टिमको सहभागिता रह्ने आयोजकले जनाएको छ।

बुधबार खेलकुद मैदानमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजक जीवेश्वर युवा क्लबका अध्यक्ष दिपबहादुर बुढाथोकीले मधेश प्रदेशका ८ वटा र गाइघाट युवा क्लब उदयपुर, इनरुवा फुटबल क्लब सुनसरी, भरतपुर फुटबल क्लब चितवन र मकवानपुर जिल्ला फुटबल संघ हेटौडाको सहभागिता रह्ने बताएका छन्।

प्रतियोगिताको विजेता टिमलाई नगद ३ लाख सहित ट्रफी र प्रमाण पत्र र उपविजेतालाई नगद १ लाख ५० हजार सहित ट्रफी र प्रमाण पत्र प्रदान गरिने बुढाथोकीले बताए।

जिल्लाबाट राम्रो खेलाडीको उत्पादन र राम्रो खेलाडीको पचिहानका लागि प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। २४ लाखभन्दा बढी लागत लाग्ने प्रतियोगिताका लागि लालबन्दी नगरपालिकाले ७ लाख र वडा नं. १ नवलपुरले ५ लाख सहयोग गरेको अध्यक्ष बुढाथोकीले जानकारी दिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.