सावित्रा कम्तीमा ९ महिना मैदान बाहिर

सावित्रा कम्तीमा ९ महिना मैदान बाहिर
फाइल तस्बिर

काठमाडौं : नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ।

शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा सावित्रा घाइते भएकी थिइन्। ब्रिस्बेन रोअरकी गोलरक्षक क्लो लिंकनले खेलको दोस्रो हाफमा बल नियन्त्रण गर्ने क्रममा सावित्रासँग ठोक्किएकी थिइन्। लिंकनले बल नियन्त्रण गर्ने क्रममा उनको टाउको सावित्राको खुट्टामा ठोक्किएको थियो। त्यस क्रममा सावित्राको दाहिने खुट्टामा चोट लागेको थियो। 

त्यसपछि गरिएको एमआरआईमा सावित्राको दाहिने खुट्टाको एन्टीरियर क्रुसिएट लिगामेन्ट (एसीएल) मा गम्भीर चोट देखिएको थियो। वेलिङ्टन फिनिक्सका चिकित्सकले सावित्राको चोटको प्रकृति अनुसार नौदेखि एक वर्षसम्म मैदान बाहिर रहनुपर्ने जनाएका छन्। सावित्राले सन् २०२१ मा पनि गम्भीर चोट बोकेकी थिइन्। उनले दायाँ घुँडाको शल्यक्रिया नै गराएकी थिइन्।

लगातार तीन खेलाडी घाइते भएपछि वेलिङ्टनलाई पनि गम्भीर धकका लागेको छ। सावित्रासँगै वेलिङ्टनका मिडफिल्डर टेसेल मिडाग र एलिसा व्हिनहम पनि ए लिगबाट बाहिरिएका छन्। आफ्नो महत्वपूर्ण तीन खेलाडी बाहिरिएपछि वेलिङ्टन फोनिक्सकी प्रशिक्षक बेब प्रिस्टमन निरास बनेकी छन्। 

उनले टोलीका लागि यो निकै दुखदायी क्षण भएका बताएकी छन्। ‘मलाई थाहा छ कि टोलीका लागि यो निकै दुखदायी क्षण हो। यो दुखद समाचार सुनाउनु पर्दा म आफै निकै दुखी छु’, प्रिस्टमनले भनिन्, ‘हामीले उत्कृष्ट खेलाडीलाई टोलीमा समावेश गरेका थियौं। तीमध्ये सावित्रा सबैभन्दा लोकप्रिय खेलाडी थिइन्। सिंगो टिमले उनलाई निकै माया र इज्जत गर्दै आएको छ।’ 

उनले सावित्राको आँखामा चाँडो मैदानमा फर्किने दृढ इच्छाशक्ति र आत्मविश्वास आफूले देखेको पनि बताइन्। ‘सावित्राका बारेमा बताउनु पर्दा मलाई निकै दुख लागिरेको छ। तर, उनको आँखामा चाँडै मैदानमा फर्किने दृढ इच्छाशक्ति र आत्मविश्वास मैले देखेको छु’, उनले भनिन्, ‘हामीले उनलाई दुई सिजनका लागि टोलीमा अनुबन्ध गरेका हौं। उनको आत्मविश्वास हेर्दा चाँडै नै टोलीमा पुनरागमन गर्छिन् भन्ने लागेको छ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.