election background

प्रतिनिधि सभा निर्वाचन २०८२

७ दिनसम्म ७ महादेशमा दौडिँदै जोशी

७ दिनसम्म ७ महादेशमा दौडिँदै जोशी

ड्यालस (अमेरिका) : सात महादेशमा सात दिन लगातार सञ्चालन हुने ‘वल्र्ड म्याराथन च्यालेञ्ज’मा नेपालीमूलका अमेरिकी धावक बाल जोशी सहभागी हुने भएका छन्। ३१ जनवरी २०२६ मा अन्टार्टिकाबाट सुरु भएर ६ फेब्रुअरीमा अमेरिकाको मायामीमा सम्पन्न हुने सात दिने ‘वल्र्ड म्याराथन च्यालेञ्ज’मा सहभागी हुने जोशी एक्लो नेपाली हुन्।

जोशीले २६ दशमलव २ माइल (४२ दशमलव १९ किलोमिटर) दूरी रहने फुल म्याराथनका सात वटा सिरिजमा २९४ किमी दूरी सात दिनमा दौडिने छन्। उनी नेपाली पोसाक दौरा सुरुवालमा दौडिने छन्। सन् २०१५ बाट सुरु भएको यो म्याराथनमा नेपाली पोसाकमा दौडिने जोशी पहिलो नेपाली हुने छन्। 

यस पटकको म्याराथनमा अमेरिका, चीन, भारत, अस्ट्रेलिया, बेलायत, बेल्जियम, स्पेन, पोर्चुगल, क्यानडा, युक्रेन, नर्वे, अस्ट्रिया, डेनमार्क, हङकङ, न्युजिल्यान्ड, रोमानियासहित ३० भन्दा बढी देशका ५४ जना धावक सहभागी हुनेछन्। वल्र्ड म्याराथन च्यालेञ्जमा सहभागी हुन सम्पूर्ण धावक २८ जनवरीमा अफ्रिकाको केप टाउन पुग्नेछन्। आयोजकले उनीहरूलाई त्यहाँबाट ३० जनवरीमा चार्टर गरिएको बिमानमा अन्टार्टिका पु¥याउनेछ।

३१ जनवरीमा अन्टार्टिकाबाट सुरु हुने म्याराथन दोस्रो दिन १ फेब्रुअरीमा अफ्रिकाको केपटाउनमा सञ्चालन हुनेछ। यस्तै तेस्रो म्याराथन २ फेब्रुअरीमा अस्ट्रेलियाको पर्थमा, चौथो म्याराथन ३ फेब्रुअरीमा एसियाको यूएईको दुबईमा, पाँचौ म्याराथन ४ फेब्रुअरीमा स्पेनको म्याड्रिडमा, छैठौं म्याराथन ५ फेब्रुअरीमा ब्राजिलमा र सातांै तथा अन्तिम म्याराथन ६ फेब्रुअरीमा अमेरिकाको मायामीमा सञ्चालन हुनेछ। उनीहरू अन्टार्टिकाको माइनस २० डिग्री सेल्सियस तापक्रमदेखि दुबईको २५ डिग्री सेल्सियसमा दौडिनेछन्। म्याड्रिडको तापक्रम भने ५ डिग्री सेल्सियस रहनेछ।

म्याराथनका सहभागीहरूको आराम तथा बासका लागि होटलको व्यवस्था गरिएको छैन। एक महादेशमा म्याराथनमा दौडिएपछि धावकले अर्को म्याराथनका लागि तयार हुनुपर्नेछ। आयोजकले चार्टर गरेको विशेष जहाजमार्फत उनीहरूलाई त्यहाँबाट अर्को महादेशमा लैजानेछ। 

स्वस्थ रहन दौडिन थालेका जोशी २०२१ देखि सामाजिक कार्य र मानव कल्याणका निम्ति दौडिँदै आएका  छन्। संसारका विभिन्न देशमा झन्डै दुई दर्जनभन्दा बढी म्याराथनमा सहभागी भएका जोशीले चार वर्षयता स्पोन्सरहरूबाट प्राप्त गरेको दुई लाख डलरभन्दा बढी रकम वान स्टेप फाउन्डेसनमार्फत नेपाल, अमेरिका र अफ्रिकाका बालबालिकाको शिक्षा, स्वास्थ्य, खेलकुद र जेष्ठ नागरिकहरूको भोजनका लागि सहयोग गरेका छन्।

सुर्खेतमा जन्मिएका ४१ वर्षीय जोशी दुई दशकदेखि अमेरिकामा छन्। टेक्सासको ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्सको ग्रेपभाइन सिटीमा बस्ने जोशी पेशाले बैंकर्स हुन्। नेपाल र अमेरिकाको झन्डा बोकेर नेपाली पोशाकमा दौडिने जोशीले यो म्याराथनलाई नेपाली सम्पदा र नेपालको प्रचारप्रसार गर्ने अवसरका रुपमा लिएका छन्। 

संसारका दुई दर्जनभन्दा बढी म्याराथनमा सहभागी भएपछि उनले अत्यन्त चुनौतीपूर्ण मानिने यो म्याराथनमा सहभागी हुने निर्णय लिएका थिए। ‘थोरै दिनमा नेपाली भेषभूषा र सम्पदाको प्रचारप्रसार गर्ने यो उपयुक्त अवसर लाग्यो’, उनले थपे, ‘त्यही कारण यो म्याराथनमा 
सहभागी हुँदैछु।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.