प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंकले घट्यो
काठमाडौं : साताको अन्तिम सेयर कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक २.०७ अंकले घटेर २६३३.८७ विन्दुमा पुगेको हो।
प्रि ओपन सेसनमा ४८ वटा स्क्रिप्सको ४३ हजार ६१४ कित्ता २ करोड ४६ लाख ८५ लाख ८३९ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १५ वटा स्टक्सको मूल्य बढ्दा ३१ वटाको घट्यो। बाँकी २ स्टक्सको मूल्य भने स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !