सुनको मूल्य २ हजारले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?
काठमाडौं : बिहीबार नेपाली बजारमा सुनको भाउ २ हजार रुपैयाँले घटेको छ। बुधबारको तुलनामा आज सुनको मूल्य २ हजार रुपैयाँले घटेको हो।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार २ हजार रुपैयाँले घटेर एक तोला सुनको मूल्य २ लाख ६५ हजार ७०० कायम भएको छ।
यसैगरी सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ। आज एक तोला चाँदी ४ हजार ८३५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाको छ। अघिल्लो दिन सोही परिमाणको चाँदी मूल्य ४ हजार ९३५ रुपैयाँ पुगेको थियो।
प्रतिक्रिया दिनुहोस !