अमेरिकामा अध्यागमन अधिकारीले गोली चलाउँदा महिलाको मृत्यु

अमेरिकामा अध्यागमन अधिकारीले गोली चलाउँदा महिलाको मृत्यु
सुन्नुहोस्

काठमाडौं : अमेरिकाको मिनियापोलिसमा अध्यागमन अधिकारीले चलाएको गोली लागेर एक महिलाको मृत्यु भएको छ। अमेरिकी अधिकारीहरूले गोली प्रहार आत्मरक्षाका लागि गरिएको दाबी गरेका छन्। तर, स्थानीय नेतृत्वले भने उक्त दाबीमाथि प्रश्न उठाएको छ।

बीबीसीका अनुसार डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (DHS) का अनुसार ती महिलाले अफिसरमाथि गाडी चलाएर आक्रमण गर्ने प्रयास गरेकाले आत्मरक्षाका लागि गोली चलाउनुपरेको बताएका छन्।

गृह सुरक्षा सचिव क्रिस्टी नोएमले पनि अधिकारीको कदम आत्मरक्षामा भएको बताउँदै उचित ठहरिने प्रतिक्रिया दिएकी छन्। तर, मिनियापोलिसका मेयर ज्याकब फ्रेले संघीय अधिकारीहरूको दाबीमा शंका व्यक्त गरेका छन्। उनले घटनाको impartial जाँच–बुझ हुनुपर्ने बताउँदै शहरबाट ICE एजेन्टहरू हटाउन माग गरेका छन्। उनले गृह सुरक्षा विभागको आधिकारिक विवरणमाथि आपत्ति जनाउँदै ICE एजेन्टहरूलाई मिनियापोलिस छोड्न आग्रह गरेका छन्।

CNN ले समीक्षा गरेका तीनवटा भिडियोलाई आधार मान्दा घटना जटिल देखिए पनि गोली चल्नुअघि के भयो भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन।
मृत्यु हुने महिला ३७ वर्षीय अमेरिकी नागरिक रेनी निकोल गुड रहेको पुष्टि भएको छ। 

यो घटना मिनियापोलिस र नजिकैको सेन्ट पाल क्षेत्रमा भइरहेको व्यापक अध्यागमन प्रवर्तन अपरेशनको क्रममा भएको हो। जहाँ २ हजार भन्दा बढी संघीय सुरक्षा तथा अध्यागमन अधिकारीहरू तैनाथ गरिएको बताइएको छ।

मिनेसोटाका राज्यपाल टिम वाल्जले आफ्नो राज्यमा भइरहेको ICE को अपरेसन सार्वजनिक सुरक्षामै खतरा बन्दै गएको चेतावनी आफूले हप्तौँदेखि दिँदै आएको बताएका छन्।  घटनाबारे थप अनुसन्धान भइरहेको र सम्पूर्ण विवरण सार्वजनिक हुन बाँकी रहेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.