सामान्य अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम भने घट्यो

सामान्य अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम भने घट्यो

काठमाडौं :  साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। अघिल्लो दिन बुधबार १३.३५ अंकले घटेको नेप्से परिसूचक आज ४.५९ अंकले बढेर २६४०.५४ विन्दुमा पुगेको हो।  सेन्सेटिभ  इण्डेक्स ०.२० प्रतिशतले बढेर ४५५.९३ प्रतिशतले बढेको छ।

यसदिन ३२८ स्क्रिप्सको १ करोड ४ लाख ३१ हजार ७६० कित्ता सेयर ४ अर्ब ९० करोड ८० लाख ९४ हजार ९२ रुपैयाँमा खरिदबिक्री भए। कारोबार रकम  बुधबारको तुलनामा कम हो। बुधबार ५ अर्ब माथिको सेयर कारोबार भएको थियो।

कारोबारमा आएकामध्ये १२९ स्टक्सको  मूल्य बढ्दा ११५ वटाको घट्यो। १५ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। नेप्से सामान्य अंकले बढे पनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। सान्भी इनर्जीको सेयर ८.१६ प्रतिशतले बढ्दा एसवाइ प्यानल नेपालको ५.७१ प्रतिशतले बढ्यो। 

कारोबार रकमका आधारमा एसवाइ प्यानल नेपाल शीर्ष स्थानमा रह्यो। सो कम्पनीको २० करोड मूल्य बराबरको सेयर कारोबार भयो।  बन्दीपुर केवलकार एण्ड टुरिजमले १७ करोडको कारोबार गर्दा सान्भी इनर्जीले १५ करोड ,सागर डिस्टिलरी र शिवम् सिमेन्टले १५/१५ करोडको कारोबार गरे।

सात समूहको उपसूचक बढ्दा बाँकी ६ समूहको उपसूचक नकारात्मक देखिएका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.