चुरे क्षेत्रमा पानी पुर्नभरण नहुँदा मधेशमा पानीको अभाव

चुरे क्षेत्रमा पानी पुर्नभरण नहुँदा मधेशमा पानीको अभाव
सुन्नुहोस्

जनकपुरधाम : मधेशमा सामुदायिक तथा निजी इनार, चापाकल, डिप बोरिङजस्ता पानीका मुहानहरूमार्फत भूमिगत जल निकालिन्छ। हरेक मनसुनमा भूमिगत जलमार्फत माटोको सतह तथा पोखरीहरूमा भुइँमुनि वर्षातको पानी पस्दा प्राकृतिक रूपमा भूमिगत जल पुर्नभरण हुने गरेको एक अनुसन्धानले देखाएको छ। 

मधेश सरकार ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्रालयको आयोजनामा भएको आकाशे पानी संकलन तथा भूमिगत जल पुनर्भरण परियोजनाका तथ्य प्रस्तुत गर्दै अनुसन्धानकर्ता प्रतापसिंह दादरले चुरेमा पानी जम्मा हुने स्थलहरू तथा नहरहरूबाट संकलन गरिएको पानीले उल्लेख्य रूपमा प्राकृतिक भूमिगत जल पुर्नभरण र भूमिगत जलको तह कायम राख्न (वा, बढाउन) योगदान गर्ने गरेको तथ्य देखाइएको छ। 

भूमिगत जल दुई प्रमुख कारणले गर्दा खस्कँदो छ। जसको प्रमुख कारणहरुमा प्राकृतिक पुर्नभरण क्षेत्रहरू बन्द भएको र भूमिगत जलको अनियन्त्रित दोहन गर्नाले दीर्घकालनमा पानीको हाहाकार हुने आकलन गरिएको हो। सिरहाको कर्जन्हा र गोलबजार नगरपालिकामा गरेको एक अध्ययनमा व्यक्ति विशेषको घरधुरीमा रणनीतिक स्थानमा प्रवर्द्धन गर्न सकिने साधारण तथा न्यून खर्च लाग्ने पुर्नभरण इनारहरूको निर्माण गरेर कृत्रिम पुर्नभरण प्रक्रिया मार्फत भूमिगत जलस्रोतलाई निश्चित कायम गर्न सकिने उल्लेख गरेको छ। 

उनले भने, ‘जसको मूल स्रोत पुरानो तथा पुरिएका पोखरीहरूलाई व्युँताएर पनि गर्न सकिन्छ। भूमिगत जल पुर्नभरणले वर्षातको मौसममा आउने पानीको पनि व्यवस्थापन गरेर बाढीको न्यूनीकरण र जलस्रोतको व्यवस्थापनमा पानीको उपयोग दीर्घकालीन अनावृष्टिको रोकथाम हो।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.