पुलिस र न्यु डायमन्ड फाइनलमा

पुलिस र न्यु डायमन्ड फाइनलमा

पुलिस र न्यु डायमन्ड फाइनलमा

 

काठमाडौं : विभागीय टोली नेपाल पुलिस क्लब र न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब नवौं केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । चार टोलीको सहभागिता रहेको प्रतियोगितामा राउन्ड रोविन लिगमा लगातार दोस्रो जित निकाल्दै

पुलिस र न्यु डायमन्ड एक खेल अगावै फाइनलमा पुगेका हुन् । बिहीबार भएका दुवै खेलमा पुलिस र न्यु डायमन्डले आ–आफ्नो प्रतिद्वन्द्वीलाई समान ३–२ सेटले पराजित गरेका थिए ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार भएको पहिलो खेलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २०–२५, २५–१९, २४–२६, २५–२०, १५–११ ले पराजित ग¥यो । अर्को खेलमा न्यु डायमन्डले एपीएफ क्लबलाई २५–१६, २५–२१, १९–२५, १९–२५, १५–७ ले हरायो । लगातार दोस्रो पराजयसँगै आर्मी र एपीएफ उपाधि होडबाट बाहिरिएका हुन् । यसअघि पुलिसले एपीएफलाई ३–० र न्यु डायमन्डले आर्मीलाई ३–० ले नै पाखा लगाएको थियो ।

बिहीबारको पहिलो खेलमा पुलिसकी उषा भण्डारी र दोस्रोमा न्यु डायमन्डकी सलिना बुढा मगर ‘प्लेयर अफ द म्याच’ चुनिए । उनीहरूले समान १५ हजार रुपैयाँ नगद पुरस्कार पाए ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठान, बालकोटको आयोजना तथा बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी नेरोलेकको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगितामा शुक्रबार दुई खेल हुनेछ । पहिलो खेल न्यु डायमन्ड र पुलिसबीच हुनेछ । यो खेलले नै राउन्ड रोविन लिगमा शीर्ष स्थानमा रहने टोलीको टुंगो लगाउने छ । दोस्रो खेलमा एपीएफले आर्मीसँग प्रतिस्पर्धा गर्नेछ ।

सहभागी चार टोलीमध्ये आर्मीले मात्र यो प्रतियोगिताको उपाधि जित्न सकेको छैन । पुलिस साविक विजेता हो भने न्यु डायमन्ड सातौं संस्करणको विजेता हो । एपीएफ सुरुका ६ संस्करणमा च्याम्पियन बनेको थियो ।

प्रतियोगिताको विजेताले पाँच लाख, उपविजेताले दुई लाख ५० हजार र तेस्रो हुने टोलीले एक लाख २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार नगद पुरस्कार प्रदान गरिने छ । विधागततर्फ सात उत्कृष्टलाई जनही २५ हजार नगदबाट पुरस्कृत गरिने छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.