मरिण गाउँपालिकाद्वारा अनाथ बालबालिकालाई न्यानो पोसाक वितरण
सिन्धुली : सिन्धुलीको मरिण गाउँपालिकाले अनाथ बालबालिकाहरूलाई न्यानो पोसाक वितरण गरेको छ। मरिण गाउँपालिका–४ स्थित श्री मावि मरिण खयरसालमा अध्ययनरत २७ जना अनाथ तथा विपन्न बालबालिकाहरूलाई न्यानो पोसाक वितरण गरिएको हो।
गाउँपालिकाका अध्यक्ष विमर्श मोक्ता (प्रख्यात)ले विद्यालयमा अध्ययनरत १७ जना अनाथ बालबालिका र १० जना विपन्न बालबालिका गरी २७ जनालाई न्यानो पोसाक (ट्याकशुट) वितरण गरेका हुन्। केही दिनदेखि अत्यधिक चिसो बढेसँगै बालबालिकाहरू बिरामी पर्न थालेपछि बालबालिकाहरूलाई न्यानो कपडा वितरण गरिएको विद्यालयका प्रधानाध्यापक मानध्वज बम्जनले बताए।
विद्यालयमा १७ जना अभिभावक विहीन, द्वन्द्व पीडित लगायतका अनाथ बालबालिकाहरू अध्ययनरत छन्। बालबालिकाहरू चिसोबाट कठ्याङ्ग्रिन नपरोस् भन्नका लागि विद्यालयले सिफारिस गरेका २७ जना बालबालिकाहरूलाई पहिलो चरणमा पोसाक वितरण गरिएको गाउँपालिकाका अध्यक्ष मोक्तानले जानकारी दिए।
अध्यक्ष मोक्तानका अनुसार गाउँपालिकाले मावि मरिण खयरसालमा आवाससहित १७ जना अनाथ बालबालिकाहरूलाई निःशुल्क अध्ययन गराउँदै आएको छ।
प्रतिक्रिया दिनुहोस !