९ वर्षीया आरतीको उमेरभन्दा ठूलो जिम्मेवारी

९ वर्षीया आरतीको उमेरभन्दा ठूलो जिम्मेवारी
बहिनीको स्याहार गर्दै आरती महतो नुनिया । तस्बिर : धनवीर महतो

पमा पुष्टि हुन सकेको देखिँदैन, न त नेपालमा नै समायोजन भएर बस्न सक्ने अवस्था नै देखिएको छ।’

महोत्तरी : महोत्तरीको गौशाला नगरपालिका–३ की आरती महतो नुनिया स्थानीय सामुदायिक विद्यालयमा कक्षा ३ मा पढ्छिन्। उमेर ९ वर्ष। तर उनको दैनिकी अरू बालबालिकाजस्तै खेल, पढाइ र रमाइलोले भरिएको छैन। आरतीका लागि बालापनभन्दा ठूलो जिम्मेवारी छ—घर र बहिनी।

गरिबीले गाँजिएको मधेसको एउटा सामान्य घर। जहाँ आम्दानी थोरै छ, आवश्यकता धेरै। यही कारण आरतीले विद्यालयमा पूरै समय बिताउन पाउँदिनन्।

‘आमाले भन्नुहुन्छ—बहिनी रोइरहेकी हुन्छ, छिटो घर आऊ,’ उनी भन्छिन्। पढाइ अधुरै छोडेर घर फर्किनु उनको बाध्यता बनेको छ। 

आरती पाँच बहिनीमध्ये साइँली हुन्। काइँली र कान्छी बहिनीको स्याहारसुसार उनको जिम्मामा छ। घर फर्किएपछि उनी खाना पकाउन सघाउँछिन्, झाडु लगाउँछिन् र सानासाना बहिनीलाई काखमा राखेर दिन बिताउँछिन्। ‘पढ्न मन लाग्छ,’ उनी भन्छिन्, ‘तर बहिनीलाई कसले हेर्छ ?’

सोमबार गौशालाको वडा कार्यालय परिसरमा भेटिएकी आरतीको काखमा ६ महिनाकी कान्छी बहिनी थिइन्। चिसो हावा र कुहिरोले वातावरण कठोर थियो। आरती आफैं भने पातलो ट्रयाक सुट र खाली खुट्टामा थिइन्। तर उनकी बहिनी न्यानो र बाक्लो कपडामा बेरिएकी थिइन्। ‘मलाई चिसो सहन हुन्छ,’ उनी भन्छिन्, ‘बहिनीलाई नलागोस्।’ उनीभन्दा ठूली दिदीहरू घरका अन्य काममा व्यस्त थिए। आमाले अर्हाएको काम सबैले गरिरहेका थिए। त्यो घरमा उमेरले होइन, आवश्यकताले काम बाँडिएको छ। मधेसका थुप्रै गरिब घरमा बालबालिकाले खेल्ने उमेरमै काम र जिम्मेवारी बोक्नुपरेको यथार्थ यही हो।

आरती वरिपरि हेर्छिन्। उनका सहपाठीहरू विद्यालयको कक्षाकोठामा अक्षर चिन्दै छन्। छिमेकी गाउँका बालबालिका खेलमैदानमा रमाइरहेका छन्। तर उनी आमाको डर र बहिनीको मायाबीच अल्झिएकी छिन्। ‘आमा रिसाउनु हुन्छ,’ उनी भन्छिन्, ‘बहिनी बिरामी भइन् भने म दोषी हुन्छु।’
आरतीको कथा एउटा मात्र कथा होइन। यो मधेसका सयौं बालिकाको साझा पीडा हो। गरिबी, बेरोजगारी र सामाजिक संरचनाले बालिकालाई अभिभावकको भूमिकामा उभ्याइदिएको छ। बालअधिकार कागजमा सीमित हुँदा आरतीजस्ता बालिकाको बालापन घरको भान्सामा, आँगनमा र काखमा बितिरहेको छ।

राज्यले शिक्षा निःशुल्क भएको दाबी गर्छ। तर प्रश्न उठ्छ—‘विद्यालय पुग्न नपाउने बालिकाको अधिकार कसले सुनिश्चित गर्छ ?’ आरतीको जीवनले यही प्रश्न समाज र राज्यतर्फ तेस्र्याइरहेको छ। ९ वर्षे उमेरमा काखमा बहिनी बोकेर चिसोसँग जुधिरहेकी आरती केबल एक बालिका होइनन्—उनी मधेसको गरिबीले खोसिएको बालापनको जिउँदो चेहरा, चित्र चरित्र हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.