महँगी घट्यो, रेमिट्यान्स बढ्यो

महँगी घट्यो, रेमिट्यान्स बढ्यो
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : चालु आर्थिक वर्षको ५ महिनामा महँगी घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ। बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर मसान्तसम्मको उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति अघिल्लो वर्षभन्दा घट्दै १.६३ प्रतिशतमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा मुद्रास्फीति ६.०५ प्रतिशत रहेको थियो। विशेष गरी खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.०५ प्रतिशतले ऋणात्मक रहनुले बजारमा खाद्यान्नको मूल्य सस्तिएको देखाउँछ।

तरकारी, मरमसला र दालको मूल्यमा आएको गिरावटले गर्दा समग्र मुद्रास्फीति न्यून रहे तथ्यांकमा छ। आर्थिक वर्ष २०८२/८३ को पाँच महिनाको औसत मुदास्फीति पनि १.५५ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.८९ प्रतिशत थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.५२, गैर–मदिराजन्य पेय पदार्थको ३.५६ र दुग्ध पदार्थ तथा अन्डाको २.४४ प्रतिशतले बढेको छ।

तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ८.५४, मरमसलाको ८.४३ र दाल तथा गेडागुडीको ५.७९ प्रतिशतले घटेको छ। गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १८.५६, शिक्षाको ७.५६, कपडाजन्य तथा जुत्ताचप्पलको ५.२९, सुर्तीजन्य पदार्थको ४.१५ र मदिराजन्य पेय पदार्थको ३.८५ प्रतिशतले बढेको छ। बिमा तथा वित्तीय सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ०.२३ प्रतिशतले घटेको छ।

विप्रेषण उच्च दरले बढ्यो
पछिल्लो ५ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा ३५.६ प्रतिशतको उच्च वृद्धि देखिएको छ। समिक्षा अवधीमा ८ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ बराबरबको रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.७ प्रतिशतले बढेको थियो। २०८२ मंसिर महिनामा विप्रेषण आप्रवाह १ खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ रहेको छ।

अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब १८ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९ प्रतिशतले वृद्धि भई ६ अर्ब १६ करोड पुगेको छ। अघिल्लो वर्ष भन्दा आप्रवाह ३.४ प्रतिशतले बढेको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.