झापामा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु

झापामा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु
सुन्नुहोस्

झापा : झापाको गौरादहमा गएराति ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ। गौरादह नगरपालिका–५ चान्दु खोलास्थित भित्री सडक खण्डमा बालुबथानबाट फकिढिप गाउँतर्फ जाँदै गरेको मे१त ७१०८ नम्बरको ट्याक्टर अनियन्त्रित भएर पल्टिँदा चार जना घाइते भएका छन्। 

दुर्घटनामा ट्याक्टरमा सवार गौरादह–७ का ३५ वर्षीय महमद माजिमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका माजिमलाई दमक अस्पताल पुर्‍याई चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो। मृतकको शव सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ। 

त्यस्तै ट्याक्टरमा सवार सोही ठाउँका ४९ वर्षीय सत्यनारायण राजवंशी, २३ वर्षीय संजित ऋषिदेव, २३ वर्षीय अभिजुल मियाँ, ३४ वर्षीय केलु मियाँ घाइते भएका छन्। घाइतेहरूलाई दमक अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारका लागि लाइफलाइन अस्पताल दमक पठाइएको छ। घाइते अभिजुललाई भने नोबेल अस्पताल विराटनगर रेफर गरिएको छ। 

ट्याक्टर चालक गौरादह–७ का ३८ वर्षीय यमप्रसाद राजवंशी फरार रहेका छन्। उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.