देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ : पूर्वराजा (भिडियो)

देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ : पूर्वराजा (भिडियो)

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको बताएका छन्। पृथ्वीजयन्तीको पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले आफूहरू नारायणहिटीबाट बाहिरिएको करिब दुई दशक बित्दा पनि देशले संकटको सामना गर्नुपरिरहेको बताए।

'नारायणहिटीबाट बाहिरिएको करिब दुई दशक बित्दा पनि देशले सामना गरिरहेको संकटले चिन्तित बनाएको छ। हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ,' भिडियो सन्देशमा उनले भनेका छन्।

उनले देशबाट पलायनको सिलसिला जारी रहेकाले चिन्ता व्यक्त गरेका थिए। युवाहरूको पलायन तत्काल रोक्न नसकिए मुलुक असफलताको संघारमा पुग्ने उनको भनाइ छ। 'जबसम्म युवा पुस्ताको चाहना सम्बोधन गरिँदैन। त्यसले असन्तोष पैसा हुन्छ। जसले विद्रोहको रूप पनि लिन सक्छ भन्ने नेतृत्वले बुझ्नैपर्छ,' उनले भने।

नेतृत्वले पटक-पटक युवालाई प्रयोग गरे पनि उनीहरूको आवश्यकता बुझेर काम नगर्ने प्रवृत्तिले देशमा जनधनको हानी भएको उनले बताए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.