रास्वपाले एकलौटीरूपमा सहमति भंग गर्‍यो, निकै मर्माहत भएको छु : कुलमान घिसिङ

रास्वपाले एकलौटीरूपमा सहमति भंग गर्‍यो, निकै मर्माहत भएको छु : कुलमान घिसिङ

काठमाडौं : उज्यालो नेपाल पार्टीका नवनियुक्त अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीले एकलौटीरूपमा पार्टी भंग गरेको बताएका छन्। पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष घिसिङले आफूहरू एकतामा जान तयार भए पनि रास्वपाले शनिबार सहमति भंग भएको जानकारी गराएको बताए।

'रास्वपासँग ठूलो बार्गेनिङ गरिएको कुरा सरासर गलत छ। म आफैं वरीयतामा धेरै तल बसेर एकतामा गएको थिएँ। आज अन्तिमपटक मैले साधारण सदस्य भएर बस्छु भनेको थिएँ। हाम्रा केन्द्रीय समितिका साथीहरूलाई एडजस्ट गरौं भनेका थियौं। यो ठूलो विषय पनि थिएन। मुख्य मुद्दाका विषय समावेशीता, संघीयता र संविधानले देखाएका आधारभूत विषयमा पूरक सम्झौता गर्न भनेका थियौं। त्यो पनि हुन सकेन। हाम्रा साथीहरूले उठाएका विषयलाई लामो प्रक्रियामा अल्झाइयो। समानुपातिकका विषयमा पनि लामो समय लिनुभयो,' उनले भने, 'सबै कुरा त्यागेर हामी आएका थियौं। तर, लामो समय इंगेज गरेर बस्दा उज्यालो नेपाल पार्टीले ठूलो क्षति व्यवहोरेको छ। आज उहाँहरूले सहमति भंग गरेको घोषणा गर्नुभयो। एकतर्फी रूपमा उहाँहरूले मलाई जानकारी गराउनुभयो। त्यसपछि हामी यसरी जुटेका छौं। वास्तवमा हाम्रो लागि १२ दिन अत्यन्तै पीडादायी भयो।'

 
रास्वपाले ठाउँ-ठाउँमा पार्टी प्रवेश कार्यक्रम गरेर उज्यालो नेपालका नेता-कार्यकर्तालाई भित्र्याएको उनको आरोप छ। उनले आफूहरूको त्यागलाई रास्वपाले कमजोरीको रूपमा लिएको आरोप लगाए। जसका कारण आफू निकै मर्माहत भएको उनले बताए। उनले आफूहरूलाई १२ दिन बिलखबन्धनमा पारिएको बताए। 

नवनियुक्त अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टीले देशभरि उम्मेदवार उठाउने बताए। '६५ क्षेत्रमै उम्मेदवारी दिन्छौं। रातदिन नभनीकन निर्वाचन अभियान सञ्चालन गर्छौं,' उनले भने। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.