दुर्गम लुम्नाङमा बल्यो बिजुली

दुर्गम लुम्नाङमा बल्यो बिजुली
सुन्नुहोस्

दोलखा : विगु गाउँपालिका-१ को दुर्गम गाउँ लुमनाङमा बिजुली बत्ती बलेको छ। भौगालिक विकटता, कठोर मौसम, आधारभूत पूर्वधारका अभावमा जीवन बिताउँदै आएका लप्चीवासीको घरमा शुक्रबार रातिदेखि बिजुली बलेको हो। 

नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रको कार्यक्षेत्र पर्ने विगु गाउँपालिका-१ को लुमनाङमा शुक्रबार रातीबाट बिजुली बलेको नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रको कार्यालय प्रमुख रोसनकुमार सिंहले बताए। बिजुलीको लागि ट्रान्सफर्मरको व्यवस्था लामाबगरमा रहेको सासा हाइड्रो पावरले गरेको र अन्य व्यवस्था प्राधिकरणले गरेको उनको भनाई छ। 

लप्चीवासीहरु हिउँदमा जाडो छल्न र चौरीगाईको सुरक्षाको लागि हरेक वर्ष लुमनाङ झर्ने गर्छन् भने अलि जाडो कम हुँदै गएपछि लप्ची जाने गर्छन्। चौरीपालन नै यहाँका बासिन्दाको मुख्य जीवीकोपार्जनको आधार भएको लप्ची गुम्बाका अध्यक्ष पासाङ शेर्पाले बताए। लुमनाङमा जम्मा ४८ घरधुरी रहेका छन् तर त्यहाँ बसोबास गर्ने घरधुरी चाहिँ जम्मा १३ घर धुरी मात्र रहेका छन्।

लुमनाङ (लप्ची)वासीहरुको दैनिकी अत्यन्तै कष्टकर छ। सडक सञ्जालको पहुँच नहुदा आफ्नै वडाको लामाबगरबाट खाद्यान्न लगायतका दैनिक उपभोग्य सामान ढुवानी गर्न पनि अत्यधिक खर्च लाग्ने स्थानीयहरूको भनाइ छ। आफ्नै वडाको लामाबगरबाट लगिने एक प्याकेट नुनको एक सय ६० रुपैयाँसम्म पर्ने र सबैभन्दा सस्तो ३० केजीको एक बोरा चामललाई ६ हजारसम्म पर्ने लप्ची टोल विकास समितिका अध्यक्ष वाङ्चुक शेर्पाले बताए। तर लप्ची–रामदिङ नाका हुँदै चीनको छुप्साङबाट सामान ल्याउँदा नुन एक पोकाको बढीमा ५० रुपैयाँ मात्र पर्ने उनको भनाइ छ। 

लप्चीबाट रामदिङ हुँदै चिनको छुप्साङ पुग्न झन्डै डेढ घण्टा लाग्छ पास भएपछि चीन सरकारले टाँसिघाङसम्म जान दिँदा झन् सस्तोमा सामान पाउन सकिने लप्चीका स्थानीयवासीको  भनाइ छ।  त्यसैले लप्चीवासीको दैनिकी चीनको बजारमै निर्भर रहेको छ। एक सय ५० जनसङ्ख्या रहेको लप्चीवासी सबैको बसोबास लप्चीमा नभए पनि अहिले बसोबास गरिरहेका मुख्य पेसा चौरीपालन रहेको छ। 

चौरी चरनका लागि वार्षिक रूपमा चिनियाँ सरकारलाई यिनीहरु कर तिर्ने गर्छन्। वर्षौंदेखि विद्युत् सुविधाबाट वञ्चित स्थानीयवासीहरू राष्ट्रिय ग्रिडको पहुँचमा आएपछि खुसी भएका छन्। विद्युत् आपूर्तिसँगै दैनिकी सहज हुनुका साथै शिक्षा, स्वास्थ्य, सञ्चार र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। अब मोबाइल तथा सञ्चार उपकरण चार्ज गर्न सहज हुने र साना उद्यम सञ्चालनको सम्भावना बढ्ने पनि अध्यक्ष पासाङको भनाइ छ। दुर्गम भौगोलिक अवस्थाका कारण निर्माण कार्य चुनौतीपूर्ण भए पनि स्थानीयको सहयोग र प्राधिकरणको निरन्तर प्रयासबाट योजना सफलतापूर्वक सम्पन्न गरिएको दोलखा वितरण केन्द्रले जनाएको छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.