लागुऔषध कारोबारमा संलग्न १० जना पक्राउ

लागुऔषध कारोबारमा संलग्न १० जना पक्राउ

सुनसरी : कोशी प्रदेशका सुनसरी, झापा, मोरङ, उदयपुर र इलामका विभिन्न स्थानबाट लागुऔषध ब्राउन सुगर तथा प्रतिबन्धित औषधीसहित १० जना कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ। 

शुक्रबार राति प्रहरीले गरेको चेकजाँचका क्रममा झापाको भद्रपुर नगरपालिका–१ का २५ वर्षीय निरोज लिम्बु र भद्रपुर नगरपालिका–२ का २६ वर्षीय सागर प्रधानलाई ४१ ग्राम ५८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ। त्यस्तै, मकवानपुर हेटौंडा–१५ का जीवन खरेललाई १ ग्राम २८० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको छ।

मोरङको पथरीशनिश्चरे नगरपालिका–४ का ज्ञानदीप राई, पथरीशनिश्चरे–७ का प्रज्वल राई र पथरीशनिश्चरे–६ का मिथुन मण्डललाई १ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दीपक पोखरेलले जानकारी दिए। उदयपुरको त्रियुगा नगरपालिका–१० का जहान सिंह खत्रीलाई ४५० एम्पुल प्रतिबन्धित औषधीसहित पक्राउ गरिएको उनले बताए।

सुनसरीको इटहरी–५ का राहुल राय, इटहरी–४ का सुशाङ्ग श्रेष्ठ र विवेक घतानीलाई ९ ट्याब्लेट प्रतिबन्धित औषधीसहित नियन्त्रणमा लिइएको छ।
लागुऔषधसहित पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी कारबाही अगाडि बढाइएको कोशी प्रदेश एसएसपी पोखरेलले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.