अछाममा एक लाख बढी जनसंख्या गरिबीको रेखामुनि

अछाममा एक लाख बढी जनसंख्या गरिबीको रेखामुनि

अछाम : राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको ‘गरिबीको लघु क्षेत्र अनुमान २०८२’को प्रतिवेदन अनुसार सबैभन्दा बढी गरिबीको दर रहेको १० जिल्लामध्ये अछाम पहिलो स्थानमा रहेको छ। अछाममा ४९.५८ प्रतिशत अर्थात एकलाख १२ हजार ९०२ गरिब जनसंख्या रहेको छ। प्रतिवेदन अनुसार अछामको जनसंख्या २ लाख २७ हजार ७१९ रहेको छ। 

सबैभन्दा बढी गरिबीको दर भएका दश स्थानीय तहमध्ये ढकारी गाउँपालिका तेस्रो स्थानमा छ भने कमलबजार नगरपालिका पाँचौं स्थानमा छ। पहिलो स्थानमा कर्णाली प्रदेशका जाजरकोटको जुनीचाँदे गाउँपालिका रहेको छ। जुनीचाँदेमा ७७.८९ प्रतिशत गरिबीको दर रहेको छ। अछामको ढकारी गाउँपालिकामा ७०.५७ प्रतिशत अर्थात १५ हजार ५२५ जनसंख्या र कमलबजार नगरपालिकामा ६६.८ प्रतिशत अर्थात् १४ हजार ४९ जनसंख्या गरिबीको रेखामुनि  रहेको छन्। 

सबैभन्दा गरिबीको दर बढी रहेको १० जिल्लामध्ये सुदूरपश्चिमका ५ जिल्ला,लुम्बीनीका३ र कर्णालीका २ जिल्ला रहेका छन्।  सुदूरपश्चिमका क्रमशः दोस्रो बैतडीमा ४८.६५ प्रतिशत, तेस्रो बाजुरामा ४७.८१ , चौथो स्थानमा कर्णालीको मुगु ४४.६४,पाँचौ सुदूरपश्चिमको डोटी ४२.८१, छैठौँ कर्णालीको कालिकोट ४१.५४,सातौं स्थानमा लुम्बिनीको बर्दिया ३९.९७,आठौं कपिलवस्तु ३९.२४, नवौं स्थानमा सुदूरपश्चिमको बझाङमा ३८.८३ र दशौं स्थानमा लुम्बिनीको रोल्पा ३८.०९ प्रतिशत गरिबीको दर रहेको छ। 

सुदूरपश्चिम प्रदेशको सहरी क्षेत्रमा ३०.८६ र ग्रामीण क्षेत्रमा ४०.२१ प्रतिशत गरिबी रहेको छ। प्रतिवेदनमा गरिबीको दर, गरिबीको विषमता, गरिबीको गहनता र गरिब संख्याको सूचकका आधारमा तथ्यांक प्रस्तुत गरिएको छ।  गरिबीको दरले गरिबीको रेखामुनि रहेका जनसंख्याको हिस्सा मापन गर्दछ। गरिबीको विषमता सूचकले गरिबीको रेखा मुनि रहेका जनसंख्या गरिबीको रेखा भन्दा औसत कति टाढा छन् भन्ने मापन गर्दछ र गरिबीको गहनताले गरिबहरु बीचको असमानता मापन गर्दछ। 

अछाममा गरिबीको विषमता ११.८३  र गहनता ३.८८ प्रतिशत रहेको छ।  सुदूरपश्चिम प्रदेशको सहरी क्षेत्रमा गरिबीको विषमता ७.६७, गहनता २.५७ र गरिबीको फैलावट ८.२० प्रतिशत रहेको छ। यसैगरी ग्रामीण क्षेत्रमा गरिबीको विषमता ९.७७,गहनता ३.४२, र फैलावट ५.८२ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। 

आधारभूत लागत विधिको प्रयोग गरी नेपालमा मौद्रिक गरिबीको रेखा मापन गरिँदै आएको छ। पछिल्लो पटक गरिबीको मापन गर्दा नेपालका लागि ७२ हजार ९०८ को नयाँ गरिबीको रेखा निर्धारण गरिएको छ। जुन २०६६/६७ मा १९ हजार ३६१ थियो। 

गरिबीको रेखा अनुसार प्रतिवर्ष प्रतिव्यक्ति जम्मा खर्च ७२ हजार ९०८ भन्दा कम खर्च गर्ने व्यक्तिलाई गरिब अन्तर्गत वर्गीकरण गरिएको छ। नयाँ रेखा अनुसार नेपालमा करिब २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको देखिएको छ। शहरी क्षेत्रमा १८.३४ प्रतिशत र ग्रामीण क्षेत्रमा २४.६६ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको देखिएको छ। प्रदेशगत रूपमा सबैभन्दा बढी गरिबीको दर सुदूरपश्चिम प्रदेशमा र सबैभन्दा कम गण्डकी प्रदेशमा रहेको छ। 

तथ्यांक अनुसार दार्चुला ३०.३४, ,डडेलधुरा ३३.२६,कैलाली २८.२३,कञ्चनपुर २४.५२ प्रतिशत गरिबीको दर रहेको छ। नेपालका गरिबी निवारण एक प्रमुख सामाजिक मुद्दाका रूपमा रहेको र तीनै तहको सरकारको प्राथमिकतामा रहेको विषय हो।  


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.