एप्पल र गुगलबीच महत्वपूर्ण सम्झौता
काठमाडौं : टेक दिग्गज एप्पल र गुगलले महत्वपूर्ण सम्झौता गरेका छन्।
यस सम्झौता अन्तर्गत एप्पलको सिरी सहायकसहितको अर्को पुस्ताको कृत्रिम बुद्धिमत्ता सुविधा गुगलको जेमिनी मोडेल र क्लाउड प्रविधिद्वारा संचालित हुनेछन्।
सम्झौताबारे एप्पल र गुगलले संयुक्त विज्ञप्ति जारी गरेका छन्। यसमा भनिएको छ, "एप्पलले गुगलको एआई प्रविधिले एप्पल फाउन्डेसन मोडेलका लागि उत्तम क्षमता प्रदान गर्दछ भन्ने निर्धारण गरेको छ।"
विज्ञप्तिमा एप्पलको कृत्रिम बुद्धिमत्ता प्रणाली एप्पलको गोपनीयता मापदण्ड कायम राख्दै एप्पल उपकरण र निजी क्लाउड कम्प्युटमा चलिरहने पनि भनिएको छ।
प्रतिक्रिया दिनुहोस !