मधेस प्रदेशको मुख्यन्यायाधिवक्तामा डा. सिंह
जनकपुरधाम : मधेस प्रदेशको मुख्यन्यायाधिवक्तामा डा. सुनिल रञ्जन सिंह नियुक्त भएका छन्। मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा डा. सिंहलाई प्रदेश प्रमुखले नियुक्त गरेको हो।
मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री यादवको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम मुख्यन्यायाधिवक्तामा डा. सिंहलाई नियुक्त गरेको हो।
सर्लाहीको ईश्वरपुर नगरपालिका-१४ का सिंहले हाल जनकपुरमा वकालत गर्दै आएका थिए।
प्रतिक्रिया दिनुहोस !